Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कुरान वाचन प्रतियोगिताले शिक्षालाई महत्वपूर्ण योगदान दिने:अध्यक्ष अन्सारी


काठमाडौँ। कार्यक्रममा बोल्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले दोस्रो कुरान वाचन प्रतियोगिता सम्पन्न भएको बताएका छन् ।

उनले कुरान वाचन प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाएको बताए । कुरान वाचन प्रतियोगिताले शिक्षालाई महत्वपूर्ण योगदान दिने बताएका छन् ।

उनले भने , ‘दोस्रो कुरान वाचन प्रतियोगिता सम्पन्न भएको छ । पहिलो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछ । यो नेपालको इतिहासमा यो राशि सबैभन्दा ठूलो हो । यसले शिक्षालाई अत्यन्तै महत्वपूर्ण योगदन पुर्‍याउनेछ । कुरान भनेको ३० पानाको कुरान कण्ठ पार्नु र विभिन्न जुरीहरुको बीचमा उहाँहरुले सोध्नुभएको बीचका जुनसुकै कुरा पढेर सुनाउनु शाहसिलो र बुलन्द आवाजका साथ सुनाउनु भयो । यो महत्वपूर्ण काम ठानेका छौ । मदरसा पढ्नेलाई उर्जा थपिएको छ ।’

दोस्रो कुरान वाचन प्रतियोगिता नेपाल मुस्लिम आयोग र साउदी अरब सरकारको सहयोगमा भएको हो । प्रतियोगितामा नेपालका विभिन्न मदरसामा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए ।

६ विधामा कुरान वाचन प्रतियोगिता आयोजना गरेकोमा २ वटा विधामा किशोरीहरुले सहभागिता जनाएका थिए । अनलाइनबाट नेपालका विभिन्न मदरसामा अध्ययनरत ४ सय विद्यार्थी छनोट गरिएकोमा १८ जनालाई पुरस्कार वितरण गरिएको हो ।

कुरान वाचन प्रतियोगितामा प्रथम हुनेलाई ४ लाख, दोस्रो हुनेलाई २ लाख ४५ हजार बाँकी सबै १६ जनालाई ५४ हजार रुपैयाँ पुरस्कार प्रदान का छन् ।

कुरान वाचन प्रतियोगितामा वागमती, गण्डकी, लुम्बिनी, कोशी, मधेस प्रदेशका विद्यार्थीको सहभागिता रहेका थिए ।


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?