Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कुरान वाचन प्रतियोगिताले शिक्षालाई महत्वपूर्ण योगदान दिने:अध्यक्ष अन्सारी


काठमाडौँ। कार्यक्रममा बोल्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले दोस्रो कुरान वाचन प्रतियोगिता सम्पन्न भएको बताएका छन् ।

उनले कुरान वाचन प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाएको बताए । कुरान वाचन प्रतियोगिताले शिक्षालाई महत्वपूर्ण योगदान दिने बताएका छन् ।

उनले भने , ‘दोस्रो कुरान वाचन प्रतियोगिता सम्पन्न भएको छ । पहिलो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछ । यो नेपालको इतिहासमा यो राशि सबैभन्दा ठूलो हो । यसले शिक्षालाई अत्यन्तै महत्वपूर्ण योगदन पुर्‍याउनेछ । कुरान भनेको ३० पानाको कुरान कण्ठ पार्नु र विभिन्न जुरीहरुको बीचमा उहाँहरुले सोध्नुभएको बीचका जुनसुकै कुरा पढेर सुनाउनु शाहसिलो र बुलन्द आवाजका साथ सुनाउनु भयो । यो महत्वपूर्ण काम ठानेका छौ । मदरसा पढ्नेलाई उर्जा थपिएको छ ।’

दोस्रो कुरान वाचन प्रतियोगिता नेपाल मुस्लिम आयोग र साउदी अरब सरकारको सहयोगमा भएको हो । प्रतियोगितामा नेपालका विभिन्न मदरसामा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए ।

६ विधामा कुरान वाचन प्रतियोगिता आयोजना गरेकोमा २ वटा विधामा किशोरीहरुले सहभागिता जनाएका थिए । अनलाइनबाट नेपालका विभिन्न मदरसामा अध्ययनरत ४ सय विद्यार्थी छनोट गरिएकोमा १८ जनालाई पुरस्कार वितरण गरिएको हो ।

कुरान वाचन प्रतियोगितामा प्रथम हुनेलाई ४ लाख, दोस्रो हुनेलाई २ लाख ४५ हजार बाँकी सबै १६ जनालाई ५४ हजार रुपैयाँ पुरस्कार प्रदान का छन् ।

कुरान वाचन प्रतियोगितामा वागमती, गण्डकी, लुम्बिनी, कोशी, मधेस प्रदेशका विद्यार्थीको सहभागिता रहेका थिए ।


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?