Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छः उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संख्या ठूलो हुने तर नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्व नबुझ्ने कुरा राम्रो नरहेको बताए ।

उनले इतिहास स्थापना गरेको पार्टीका नेताहरुले क्रियाशिल सदस्यहरु हौँ भन्नेकुरा बिर्सिन नहुने बताए । उनले आफूहरु राष्ट्र र समाजका सेवा गर्न राजनीतिमा लागेको बताए । राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्ने बताएका छन् ।

उनले भने , ‘हामीले सबै क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा इन्भल्व गराउन सक्नुपर्छ । संख्या चाहीँ ठूलो हुने तर संख्या ठूलो भएर पनि नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्व नै बुझाउन नसकेको हो की के हो ? त्यसमा कमी, कमजोरी भएको हो की ? अब त बुझाउनुप¥यो नि त । हामी लरोतरो पार्टीको सदस्य होइन, इतिहास स्थापना गरेको पार्टी हो । जनताको म्याण्डेट पटकपटक लिइसकेको सदस्य हौँ भन्नेकुरा बिर्सिनु भएन । संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिनु भएन । राष्ट्र र समाजका सेवा गर्न हामी राजनीतिमा लागिरहेका छौँ । सेवाको भावको महत्व सबैभन्दा बढी हुनुपर्‍यो ।’

उपप्रधानमन्त्री सिंहले संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिन नहुने बताएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?