Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न


काठमाडौँ । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न भएका छन् ।

हिन्दुधर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाको राजधानी जनकपुरधामका राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध गाँसिएका थिए ।

सोही सम्बन्धलाई आधार मानेर वर्तमानमा पनि जनकपुरधाम र अयोध्याबीच सांस्कृतिक सम्बन्ध रहेका छन् । सोही सम्बन्धलाई पुनर्ताजगी दिन र अझ बढी बलियो बनाउने उद्देश्यले दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण कन्क्लेवको आयोजना गरिएका थिए ।

भारतको उत्तर प्रदेश पर्यटन विभाग,अन्तर्राष्ट्रय रामायण एवं वैदिक शोध संस्थान,अयोध्या (संस्कृति विभाग,उत्तर प्रदेश) तथा जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा रामायण कन्क्लेवको आयोजना गरिएका थिए ।

रामायण कन्क्लेवको पहिलो सत्रमा रामायण समागम अन्तर्गत भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका धर्मगुरु डा. पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले रामायणकालदेखि जुडेको सांस्कृतिक सम्बन्धका विषयमा चर्चापरिचर्चा गरेका थिए ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?