Trending
>>   नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो >>   दक्षिण कोरियाली निलम्बित राष्ट्रपतिबाट सोधपुछ गर्न पुनः अस्वीकार >>   रूस र युक्रेनबिचको युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु >>   पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नका लागि पोलियो खोप अनिवार्य >>   एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ >>   १२ महिनामा १२ रोगको सचेतना अभियान >>   तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो >>   बारसँग मेरो कुनै विमति छैनः प्रधानन्यायाधीश राउत >>   भारतको वन, रुखको क्षेत्र ३ वर्षमा १ हजार ४४५ वर्ग किलोमिटरले बढ्यो >>   इजरायली हवाई आक्रमणमा गाजामा २३ प्यालेस्टाइनीको मृत्यु
Logo
८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार

रसुवागढीमा ५२ मेगावाट विद्युत् उत्पादन


काठमाडौँ । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएका छन् ।

उक्त विद्युत् गृहमा जडित ३३÷३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएका छन् । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालु गराईसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले बताए ।

सो आयोजना कूल लागत रु १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएका छन् । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताएका छन् ।

रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा रु ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रु तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्नेछन् । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।

चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?