Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

इजरायली हवाई आक्रमणमा गाजामा २३ प्यालेस्टाइनीको मृत्यु


काठमाडौँ। प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाकाअनुसार आईतवार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएका छन् ।

गाजा शहरको अल–दराज छिमेकमा विस्थापित मानिसहरूको घर रहेको मुसा बिन नुसेर स्कुलमा इजरायलले गरेको बमबारीमा तीन बालबालिका र दुई महिलासहित कम्तीमा नौ व्यक्तिको मृत्यु भएका थिए ।

इजरायली सेनाले गाजा शहरको अल–जला स्ट्रिटमा एउटा गाडीमा बमबारी गर्दा थप चार जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । उत्तरी शहर जबलियामा इजरायलको आक्रमणमा चार बालबालिकासहित पाँच नागरिकको मृत्यु भएको वाफाले एक छुट्टै रिपोर्टमा जनाएका छन् ।

दक्षिणी गाजापट्टीमा इजरायली सेनाले खान युनिसको पश्चिममा रहेको आफ्नो अपार्टमेन्टमा आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने रफाह सहरमा इजरायली बमबारीमा तीन जनाको मृत्यु भएको थियो ।

इजरायलले गाजा पट्टीमा अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन ठूलो मात्रामा आक्रमण गरिरहेका छन् ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीहरूको मृत्यु हुने संख्या ४५ हजार २२७ पुगेका छन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?