Trending
>>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ?
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

इजरायली हवाई आक्रमणमा गाजामा २३ प्यालेस्टाइनीको मृत्यु


काठमाडौँ। प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाकाअनुसार आईतवार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएका छन् ।

गाजा शहरको अल–दराज छिमेकमा विस्थापित मानिसहरूको घर रहेको मुसा बिन नुसेर स्कुलमा इजरायलले गरेको बमबारीमा तीन बालबालिका र दुई महिलासहित कम्तीमा नौ व्यक्तिको मृत्यु भएका थिए ।

इजरायली सेनाले गाजा शहरको अल–जला स्ट्रिटमा एउटा गाडीमा बमबारी गर्दा थप चार जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । उत्तरी शहर जबलियामा इजरायलको आक्रमणमा चार बालबालिकासहित पाँच नागरिकको मृत्यु भएको वाफाले एक छुट्टै रिपोर्टमा जनाएका छन् ।

दक्षिणी गाजापट्टीमा इजरायली सेनाले खान युनिसको पश्चिममा रहेको आफ्नो अपार्टमेन्टमा आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने रफाह सहरमा इजरायली बमबारीमा तीन जनाको मृत्यु भएको थियो ।

इजरायलले गाजा पट्टीमा अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन ठूलो मात्रामा आक्रमण गरिरहेका छन् ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीहरूको मृत्यु हुने संख्या ४५ हजार २२७ पुगेका छन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?