Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

बारसँग मेरो कुनै विमति छैनः प्रधानन्यायाधीश राउत


काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल बार एशोसिएशनसँग आफ्नो कुनै विमति नरहेको स्पष्ट पारेका छन् ।

आईतवार बार दिवसको अवसरमा भक्तपुर जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल बारसँग आफ्नो परिषद्को हैसियतमा पनि कुनै विमति नरहेको बताए ।

उनले प्रधानन्यायाधीशलाई संविधानले नै निश्चित कामहरु तोकिदिएको उल्लेख गर्दै आफ्नो लागि निश्चित कर्तव्यहरु कानूनले तोकिदिएको बताए । उनले बारका लागि आफूले वैधानिक तवरबाट कति सम्बोधन गर्नसकिन्छ भन्ने मात्रै प्रश्न रहेको बताएका छन् ।

बारको अतित गौरवपूर्ण रहेको उल्लेख गर्दै वर्तमान कस्तो छ र वर्तमान परिवेशमा बारको भुमिका, गतिविधि, क्रियाकलाप र कामकारबाही आउने पुस्ताको लागि गौरवपूर्ण हुनसक्छ की सक्दैन भन्ने प्रश्न रहेको बताए । यसबारे बार आफैँले वृहंगम छलफल गर्नुपर्ने बताएका छन् ।

उनले भने , ‘बारसँग मेरो कुनै विमति छैन । परिषद्को हैसियतमा पनि मेरो तपाईंहरुसँग विमति छैन । मलाई निश्चित कामहरु संविधानले तोकिदिएको छ । मेरा निश्चित कर्तव्यहरु कानूनले तोकिदिएको छ । मैले त्यहाँनेर बार हेर्नु पर्दैन । खालि बारको कुरा के हो ? प्रश्न के हो ? जिज्ञासा के हो ? मैले वैधानिकताबाट सम्बोधन गर्नसक्ने ठाउँ कति रहेको छ ? त्यतिसम्ममा मैले के गर्ने हो ? मैले नेतृत्व तहबाट विचार गर्ने हो । म जतिखेर पनि विचार गरी नै हाल्छु । त्यसमा तपाईंहरुले सन्देह लिनै पर्दैन । मैले यसलाई ठूलो कुरा पनि मानेको छैन । यसबाट म विचलित पनि छैन । म परिसान पनि छैन । मलाई यसले डिस्टर्ब पनि गरेको छैन । बारको अतित गौरवपूर्ण छ । वर्तमान कस्तो छ, वर्तमान परिवेशमा बारको भुमिका, गतिविधि, क्रियाकलाप र कामकारबाही आउने पुस्ताको लागि गौरवपूर्ण हुनसक्ला की नसक्ला ? यसको वृहंगम छलफल तपाईंहरु आफैँ गर्नुस् । गौरवपूर्ण यसै हुँदैन है ।’

प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरुको पेशालाई मर्यादित र समृद्ध बनाउन आवश्यक रहेको बताएका छन् । कानून व्यवसायीहरुले निष्ठालाई कायम राखेर मात्रै निष्पक्ष न्याय दिनसक्ने बताएका छन् । पेशा मर्यादित नभएसम्म कानून व्यवसायीहरु सफल हुन नसक्ने बताए ।

उनले न्यायाधीश डराए जनता डराउने र न्यायाधीशले जोखिम लिए नागरिक निश्चिन्त हुने बताएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?