Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

कतारले दमास्कसमा १३ वर्षदेखि बन्द रहेको दुतावास पुनः खोल्यो


काठमाडौँ। कतारले शनिवार सिरियाको राजधानी दमास्कसमा औपचारिक रूपमा आफ्नो दुतावास पुनः खोलेका छन् ।

१३ वर्षपछि पहिलो पटक दमास्कसको माथिल्लो अबु रुम्मानेह नजिकैको दुतावास परिसरमा कतारको झण्डा फहराइएका थिए । सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएपछि कतारको कुटनीतिक नियोग बन्द भएको थियो ।

डिसेम्बर ८ मा पूर्वसिरियाली राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि सिरिया भ्रमण गर्न क्षेत्रीय र पश्चिमी प्रतिनिधिहरूको लहरको बीचमा दुतावास पुनः खोलिएको हो ।

कतारको एक प्रतिनिधिमण्डलले सिरियाको संक्रमणकालीन सरकारका प्रतिनिधिहरूसँग भेट गरेको र सुरक्षा, शान्ति, विकास र समृद्धिका लागि सिरियाली जनतालाई सहयोग गर्ने कतारको प्रतिवद्धता दोहोर्‍याएको कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बताएका छन् ।

अल अन्सारीले बैठकले सिरियामा कतारी मानवीय सहायताको प्रवाह सुधार गर्न र यस महत्वपूर्ण चरणमा सिरियाली जनसंख्याको अत्यावश्यक आवश्यकताहरूको मूल्याङ्कन गर्नेबारे पनि छलफल गरेका थिए ।

असादको पतनपछि औपचारिक रूपमा सिरियाको राजधानीमा कुटनीतिक कार्यहरू पुनः शुरु गर्ने टर्कीपछि कतार दोस्रो देश हो ।


प्रकाशित मिति: ७ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?