Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कतारले दमास्कसमा १३ वर्षदेखि बन्द रहेको दुतावास पुनः खोल्यो


काठमाडौँ। कतारले शनिवार सिरियाको राजधानी दमास्कसमा औपचारिक रूपमा आफ्नो दुतावास पुनः खोलेका छन् ।

१३ वर्षपछि पहिलो पटक दमास्कसको माथिल्लो अबु रुम्मानेह नजिकैको दुतावास परिसरमा कतारको झण्डा फहराइएका थिए । सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएपछि कतारको कुटनीतिक नियोग बन्द भएको थियो ।

डिसेम्बर ८ मा पूर्वसिरियाली राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि सिरिया भ्रमण गर्न क्षेत्रीय र पश्चिमी प्रतिनिधिहरूको लहरको बीचमा दुतावास पुनः खोलिएको हो ।

कतारको एक प्रतिनिधिमण्डलले सिरियाको संक्रमणकालीन सरकारका प्रतिनिधिहरूसँग भेट गरेको र सुरक्षा, शान्ति, विकास र समृद्धिका लागि सिरियाली जनतालाई सहयोग गर्ने कतारको प्रतिवद्धता दोहोर्‍याएको कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बताएका छन् ।

अल अन्सारीले बैठकले सिरियामा कतारी मानवीय सहायताको प्रवाह सुधार गर्न र यस महत्वपूर्ण चरणमा सिरियाली जनसंख्याको अत्यावश्यक आवश्यकताहरूको मूल्याङ्कन गर्नेबारे पनि छलफल गरेका थिए ।

असादको पतनपछि औपचारिक रूपमा सिरियाको राजधानीमा कुटनीतिक कार्यहरू पुनः शुरु गर्ने टर्कीपछि कतार दोस्रो देश हो ।


प्रकाशित मिति: ७ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?