Trending
>>   तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँः प्रधानमन्त्री ओली >>   ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँः प्रधानमन्त्री ओली >>   काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्ः अध्यक्ष भट्टराई >>   सिरियाको सार्वभौमसत्ताको उल्लङ्घन नगर्न राष्ट्रसंघका महासचिवको इजरायललाई आग्रह >>   टर्की प्रहरीद्वारा १६ जना आईएस संदिग्ध पक्राउ >>   अमेरिकी सदनद्वारा सरकार बन्द हुन नदिन स्टपग्याप फण्डिङ बिल पारित >>   बाजुरा भूकम्प : क्षतिको विवरण सङ्कलन हुँदै >>   श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण >>   जर्मनीका लागि नेपाली राजदूत डा. रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस >>   ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
Logo
६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा शनिबार यहाँ आयोजित विश्व ध्यान दिवससम्बन्धी कार्यक्रममा उनले विद्यालयका बालबालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन सहयोग पुग्ने विचार व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले ध्यान दिवसलाई जनजनमा पुर्‍याउन सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले विसं २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको उपलक्ष्यमा यही महिनाभित्र पर्यटन मन्त्रालयद्वारा प्रदेशका सचिव, कर्मचारीसहित एकदिने ध्यान शिविर आयोजना गर्ने जानकारी दिएका छन् ।

शिविरकी मोरङ सहसंयोजक रिता बराल कार्कीले ध्यान मानव जीवनमा यसको महत्त्वबारे चर्चा गरेका थिए भने मोरङ सयोजक चन्द्र च्याम्जुङले शिविर सञ्चालन गरेका थिए ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?