Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक’


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक रहेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री दाहालले निर्माण व्यवसाय रोकिँदा अर्थतन्त्र चलायमान नहुने उल्लेख गर्दै भने , “जनताको आकाङ्क्षाअनुसारका कामहरु अझै हुन सकिरहेका छैनन् । विकासका आयोजना छनोट गर्न समस्या छ”, उनले भने , “प्राथमिकता प्राप्त आयोजनालाई नै प्राथामिकता दिएका छैनौ । जनाताको गतिविधि हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्छ ।”

यसैगरी कर प्रणालीलाई सहयोग गर्ने तथा जनताले उत्पादनलाई बजारसम्म ल्याउने किसिमका आयोजनालाई प्राथामिकता दिनुपर्ने मन्त्री दाहालको भनाइ थियो । जनताको जीवनस्तर उकास्ने आयोजना छनोट र सम्पन्न गर्नुपर्ने उनले बताएका छन् । निर्माण व्यवसायीले नियमअनुसार काम गरेको भुक्तानी चाँडै पाउने उनले बताए ।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पल्छिल्लो समय पूर्वाधार विकासमा जनताको पहुँच विस्तार हुँदै गएको उल्लेख गर्दै अब पूर्वाधार विकासलाई थप गुणस्तरीय बनाउन जरुरी रहेको बताए । “पूर्वाधारको दिगो विकासमा सहकार्य गरेर अगाडि बढ्न जरुरी छ”, उनले भने ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सीमित आर्थिक स्रोतले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा चुनौती रहेको बताए । “पूर्वाधार विकासमा प्राथमिकीरण गर्नुपर्छ”, उनले भने , “विद्युत् प्राधिकरण घाटा हुँदा खुसी हुने जमात देखेको छु । यो नकारात्मक पक्षलाई चिर्दै अगाडि बढ्नुपर्छ ।” जलविद्युत् उत्पादनदेखि पूर्वाधार क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्पूर्ण रहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक घिसिङले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले मुलुकको आन्तरिक अर्थतन्त्र समस्या रहेकाले चलायमान बनाउन महासङ्घले छलफल गरिरहेको बताए । “हामीले काम गरेको भुक्तानी पाउन सकेका छैनौँ । कतिपय उद्योग धरासायी अवस्थामा पुगेका छन् । अहिले निर्माण उद्योग चलायमान भएका छैनन् ।” सरकारले सम्झौतामा उल्लेख भएअनुसारको भुक्तानी दिनुपर्नेमा जोड दिँदै उनले निर्माण उद्योग चलायमान बनाउन सरकार गम्भीर हुनुपर्छ भने ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान० का अध्यक्ष गणेश कार्कीले मुलुकको समृद्धिका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको र यसका लागि सरकारले लगानीमैत्री वातावरण तय गर्न आवश्यक रहेको बताए । “हामीले उत्पादनमा जोड नदिने हो भने विद्युत् भार कटौती बढ्दै जान्छ । सरकारले ऊर्जाका क्षेत्रमा लगानी बढाउनुपर्छ”, उनले भने

नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवनकुमार बस्नेतले पूर्वाधार परियोजनासम्बन्धी पछिल्लो समय मिडियाले प्राथमिकता दिन थालेको बताएका छन् । समग्रमा पत्रकारितामार्फत पूर्वाधार विकासमा भएका नराम्रा पक्षलाई सुधार्न मिडियाको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?