Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जामा स्वागत


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरेका छन् ।

कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि आज स्याङ्जा आइपुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जा र कास्कीको सिमाना फेदीखोलादेखि पुतलीबजार, भिरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीयलगायतले स्वागत गरेका हुन् ।

सडकमार्ग हुँदै यहाँ आउनुभएकी पूर्वराष्ट्रपति भण्डारीलाई जिल्लाका विभिन्न स्थानमा नागरिकले फूलमाला, बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए ।

भण्डारीले आज दिउँसो शाहवंशको कुलदेवताको रुपमा रहेको आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिएका छन् ।

“पूर्वराष्ट्रपति भण्डारी आलमदेवी मन्दिरमा पूजाआजा तथा यस ठाउँको अवलोकन गर्नका लागि आउनुभएको हो”,उनले भने , “नितान्त पूजाआजाका लागि आउनुभएकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।”


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?