Trending
>>   दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारलाई निर्देशन >>   अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा ५२ जनाको मृत्यु >>   ‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’ >>   मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ >>   टिआइपीएफ सम्झौतामा मन्त्री भण्डारी र कोरियाली समकक्षीबीच हस्ताक्षर >>   बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन >>   राज्यका निकायहरुमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानून आवश्यकः न्यायाधीश मल्ल >>   बैंकहरुलाई खराब कर्जा र तरलता व्यवस्थापनको चुनौति >>   जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन >>   आगलागीमा परी १० लाख बढीको क्षति
Logo
४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा सिरियामा समावेशी प्रशासन स्थापनाको आवश्यकतामा जोड दिँदै सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्न सहजीकरण गर्न युरोपेली संघ (ईयु) लाई आग्रह गरेका छन् ।

सिरियामा आतंकवादी संगठनहरूको लागि कुनै ठाउँ नरहेको एर्दोगानले भ्रमणमा रहेका युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको संयुक्त पत्रकार सम्मेलनमा बताएका छन् ।

सिरियाली शरणार्थीहरूको एक महत्वपूर्ण भाग हाल टर्किएमा बसोवास गरिरहेको भन्दै एर्दोगानले सिरियाको पुनर्निर्माणका लागि छिमेकी, सहयोगी राष्ट्रहरू, ईयु र अन्तर्राष्ट्रिय संस्थाहरूको द्रुत र बलियो समर्थन आवश्यक रहेको बताए ।

युरोपेली संघले सिरियालीहरूलाई त्यहाँ शरण लिन मद्दत गर्न टर्कीलाई ६ बिलियन युरो विनियोजन गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार, लगभग ३ मिलियन दर्ता सिरियाली शरणार्थीहरू टर्किएमा बस्छन् ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?