Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप


एजेन्सी। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमवार संयुक्त राज्य अमेरिकाले अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न विदेशमा तथाकथित गैर–सरकारी संस्थाहरू (एनजीओहरू) प्रयोग गरेको आरोप लगाएका छन् ।

हालै अमेरिकी कोष फ्रिज घोषणामा टिप्पणी गर्न सोधिएको बेला बगाईले साप्ताहिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । विभिन्न अमेरिकी प्रशासनहरूले विगत दशकहरूमा अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न र विभाजन र राजद्रोह निम्त्याउन विदेशी सहायताको उपकरण प्रयोग गरेको बताएका छन्  ।

जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायताको पुनर्मूल्याङ्कन र पुनर्गठन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्  ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?