Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा सिरियामा समावेशी प्रशासन स्थापनाको आवश्यकतामा जोड दिँदै सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्न सहजीकरण गर्न युरोपेली संघ (ईयु) लाई आग्रह गरेका छन् ।

सिरियामा आतंकवादी संगठनहरूको लागि कुनै ठाउँ नरहेको एर्दोगानले भ्रमणमा रहेका युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको संयुक्त पत्रकार सम्मेलनमा बताएका छन् ।

सिरियाली शरणार्थीहरूको एक महत्वपूर्ण भाग हाल टर्किएमा बसोवास गरिरहेको भन्दै एर्दोगानले सिरियाको पुनर्निर्माणका लागि छिमेकी, सहयोगी राष्ट्रहरू, ईयु र अन्तर्राष्ट्रिय संस्थाहरूको द्रुत र बलियो समर्थन आवश्यक रहेको बताए ।

युरोपेली संघले सिरियालीहरूलाई त्यहाँ शरण लिन मद्दत गर्न टर्कीलाई ६ बिलियन युरो विनियोजन गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार, लगभग ३ मिलियन दर्ता सिरियाली शरणार्थीहरू टर्किएमा बस्छन् ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?