Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

२०२५ मा नाइजेरियाको अर्थतन्त्र अनुकुल हुन्छः राष्ट्रपति


काठमाडौँ। नाइजेरियाको अर्थतन्त्र २०२५ मा नागरिकहरूका लागि अझ अनुकुल बन्ने राष्ट्रपति बोला टिनुबुले बताएका छन् ।

पुनःस्थापित समष्टि आर्थिक स्थिरता, सुधारिएको व्यापार वातावरण, रोजगारीका अवसरहरू र गरिबी न्युनिकरणका प्रक्षेपण गर्दा अर्थतन्त्र अझ अनुकुल हुने उनले बताएका छन् ।

राजधानी अबुजामा द्विसदस्य व्यवस्थापिकाको संयुक्त सत्रमा २०२५ को राष्ट्रिय बजेट प्रश्तुत गर्दै टिनुबुले अफ्रिकाको सबैभन्दा जनसंख्या भएको देशको अर्थतन्त्र बिस्तारै रिबाउन्ड हुँदै गरेको बताए। आफूहरुले स्थापना गरेको सुधारहरूले परिणाम दिन थालेका बताएका छन् ।

नाइजेरियालीहरूले चाँडै राम्रो र अधिक कार्यात्मक अर्थतन्त्रको अनुभव गर्ने उनको दाबी छ । बहिर्गमन वर्ष २०२४ को लागि विश्वव्यापी आर्थिक वृद्धि ३.२ प्रतिशत हुने प्रक्षेपण गरिएको उल्लेख गर्दै टिनुबुले नाइजेरियाको अर्थतन्त्रले २.५४ प्रतिशतको तुलनामा तेस्रो त्रैमासिकमा ३.४६ प्रतिशतको वृद्धि दर हासिल गरेको बताएका छन् ।

टिनुबुकाअनुसार नाइजेरियाको विदेशी सञ्चिति अहिले करिव ४२ बिलियन डलरमा छ ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?