Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

२०२५ मा नाइजेरियाको अर्थतन्त्र अनुकुल हुन्छः राष्ट्रपति


काठमाडौँ। नाइजेरियाको अर्थतन्त्र २०२५ मा नागरिकहरूका लागि अझ अनुकुल बन्ने राष्ट्रपति बोला टिनुबुले बताएका छन् ।

पुनःस्थापित समष्टि आर्थिक स्थिरता, सुधारिएको व्यापार वातावरण, रोजगारीका अवसरहरू र गरिबी न्युनिकरणका प्रक्षेपण गर्दा अर्थतन्त्र अझ अनुकुल हुने उनले बताएका छन् ।

राजधानी अबुजामा द्विसदस्य व्यवस्थापिकाको संयुक्त सत्रमा २०२५ को राष्ट्रिय बजेट प्रश्तुत गर्दै टिनुबुले अफ्रिकाको सबैभन्दा जनसंख्या भएको देशको अर्थतन्त्र बिस्तारै रिबाउन्ड हुँदै गरेको बताए। आफूहरुले स्थापना गरेको सुधारहरूले परिणाम दिन थालेका बताएका छन् ।

नाइजेरियालीहरूले चाँडै राम्रो र अधिक कार्यात्मक अर्थतन्त्रको अनुभव गर्ने उनको दाबी छ । बहिर्गमन वर्ष २०२४ को लागि विश्वव्यापी आर्थिक वृद्धि ३.२ प्रतिशत हुने प्रक्षेपण गरिएको उल्लेख गर्दै टिनुबुले नाइजेरियाको अर्थतन्त्रले २.५४ प्रतिशतको तुलनामा तेस्रो त्रैमासिकमा ३.४६ प्रतिशतको वृद्धि दर हासिल गरेको बताएका छन् ।

टिनुबुकाअनुसार नाइजेरियाको विदेशी सञ्चिति अहिले करिव ४२ बिलियन डलरमा छ ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?