Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कुशलले कप्तानी जिम्मेवारीमा आफूलाई धेरै विकास गरेको छ: शरद भेषावकर


काठमाडौँ। चितवन राइनोजका अनभुवी खेलाडी शरद भेषावाकारले रवि बोपारा र सोहेल तनभिरजस्ता अनुभवी क्रिकेटरसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाएको बताएका छन् ।

खेलपछिको पत्रकार सम्मेलनमा शरदले सोहेल र बोपाराले गरेर आठ सयदेखि एक हजार खेल खेलिसकेको र ती अनुभवी खेलाडीबाट आपूह धेरै कुरा सिक्न पाएको बताएका हुन् ।

टिमका सबै खेलाडीको अनुभव जोड्दा रवि र सोहेलको नजिक नपुग्ने उल्लेख गर्दै शरदले उनीहरूले धेरै ज्ञान पनि सिकाउने गरेको बताए । समग्रमा धेरै प्रयास गरे पनि अगाडिको यात्रा सम्भव नभएको उनी बताउछन् । उनले जहिल्यै पनि ब्याक सिटमा बस्ने कुशलले आफूलाई नेतृत्वमा विकास गरेको देख्दा खुशी लागेको बताए ।

आफ्नै कप्तानीमा फ्रेन्चाइज लिग खेल्दा ट्यालेन्ट हन्टबाट ल्याएको कुशलकै कप्तानीमा खेल्न पाउनु आफ्नो लागि खुशी लागेको उनी बताउछन् ।
कहिलेसम्म क्रिकेट खेल्ने अहिले नै भन्ने नसके पनि अवसर पाएसम्म क्रिकेट खेल्ने उनको भनाइ छ । आफूसँगै खेलेका सहकर्मी व्यवस्थापन र प्रशिक्षणमा राम्रो गरिरहँदा आफूलाई खुशी लागेको उनको भनाइ छ ।

उनिहरूको काम प्रशंसनीय रहेको उनी बताउँछन् । कप्तान भएपछि उसमाथि धेरै जिम्मेवारी हुने र त्यसमा कुशलले धेरै पक्षमा आफूलाई विकास गरेको उनको भनाइ छ ।

ब्रायन लाराजस्ता क्रिकेटर नेपाल आउनु र उनिहरूले नेपालको क्रिकेट प्रमोट गर्नु राम्रो र सुखद् पक्ष रहेको उनी बताउछन् ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?