Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

कर्णाली याक्स दोस्रो क्वालिफायरमा


काठमाडौँ। कर्णाली याक्सले बुधवार चितवन राइनोजलाई हराउँदै नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएका छन् ।

तीन ब्याटरको उत्कष्ट प्रदर्शनमा कर्णालीले चितवनमाथि २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएका हुन् । त्रिवि क्रिकेट मैदानमा १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र जोड्न सफल भए ।

लिगमा पनि कर्णालीले चितवनलाई हराएका थिए । प्लेअफमा पनि कर्णालीले आफ्नो विजययात्रा जारी राखे । चुनौतिपूर्ण लक्ष्य पछ्याएको कर्णालीको सुरुआत राम्रो शुरुवात हुन सकेन ।

ओपनर हसन इसाखिल १ रनमा नै आउट भए । अर्का ओपनर विपिन रावल पनि १८ रनमै पेभेलियन फर्किए ।
अनुभवी बलर सोमपाल कामीले दुवै ओपनरलाई आउट गरेका हुन् ।

लुक बेन्केनस्टेइन पनि १६ रनमा नै पभेलियन फर्किए । चितवनले पावर प्लेमा ४७ रन जोड्यो तीन विकेट गुमाए । त्यसपछि अनुभवी अलराउण्डर रवि बोपाराले इनिङ समाले ।

कप्तान कुशल मल्लसँग उनले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरे । तर युवा स्पिनर विपिन शर्माले कुशललाई २१ रनमा बोल्ड गर्दै साझेदारी तोडे । यससँगै १०.५ ओभरमा चितवन ८३÷४ को स्थितिमा पुग्यो । त्यसपछि कुनैपनि ब्याटरले रविलाई साथ दिन सकेनन् ।

सन्तोष कार्की ८, सोहेल तनभिर ४ र अमर रौटेला ९ रनमै पभेलियन फर्किए । १५ बलमा सन्तोषले कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् । विशाल लक्ष्य पछ्याएको चितवनमाथि दबाब पर्‍यो। १८.५ ओभरमा रवि ५३ रनमा बाउन्ड्री लाइनमा क्याच हुन पुगे ।

यससँगै कर्णालीले खेलमा पूर्ण दबाब बनाए । नन्दन यादवले रविलाई गुलसन झाद्वारा क्याच गराएका हुन् । रविले ३४ बलमा तीन चौका र चार छक्का हिर्काए । शरद भेषावकरले १० रनमा अविजित रहँदा रिजन ढकाल ७ रनमा रनआउट भए । कर्णालीको बलिङमा जिसान मक्सुदले तीन तथा कप्तान सोमपाल र नन्दन यावदले समान दुई विकेट लिए ।

विपिनको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल बनायो । तीन ब्याटर चम्किँदा कर्णालीले राम्रो योगफल बनाउन सफल भएको हो ।

ओपनर तथा डेब्युटेन्ट जयकिसन कोल्सावाल र विलियम बोसिस्टोले अर्धशतक बनाउँदा विकेटकिपर चाडविक वाल्टनले अक्रामक ब्याटिङ गर्दै कर्णालीलाई राम्रो स्थितिमा पुराएका हुन् ।

दोस्रो ओभरमै ओपनर रित गौतमलाई शुन्यमा नै आउट हुँदा कर्णालीको शुरुवात राम्रो हुन सकेन । तर डेब्यु गरेका कोल्सावालाले इनिङ समाले । उनले दोस्रो विकेटका लागि जिसानसँग २९ रनको साझेदारी गरे ।

शरद्ले जिसानलाई १४ रनमा आउट गरे । उनले १२ बलमा समान एक चौका र छक्का प्रहार गरे । पावर प्लेमा कर्णालीले दुई विकेट गुमाउँदा ४९ रन जोडे ।

तेस्रो विकेटका लागि कोल्सावाला र विलियमबीच ५९ रनको साझेदारी बन्यो । १३ औं ओभरमा कोल्सावा ५३ रनमा आउट भए । उनलाई सोहेल तनभिरले बोल्ड गरेका हुन् । ३९ बलमा कोल्सावालाले ६ चौका र दुई छक्का हिर्काए । लगत्तै १४औं ओभरमा कुशल मल्लले गुलसनलाई शून्यमा बोल्ड गरे ।

त्यसपछि विलियम र वाल्टनबीच पाँचौं विकेटका लागि ६१ रनको साझेदारी भयो ।
१९ औं ओभरमा विलियम ५२ रनमा तनभिरद्वारा बोल्ड भए । उनले ३९ बलमा तीन चौका र दुई चौका हिर्काए । वाल्टनले २३ बलमा ४६ रन जोड्दा चार चौका र तीन छक्का प्रहार गरे ।

चितवनको बलिङमा सोहेलले दुई तथा शरद, रवि र कुशलले समान एक विकेट लिए । अमरले तीन ओभरमा १७ रन खर्चिए पनि विकेट लिन सकेनन् ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?