Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

जापानको होन्डा र निसानबिच एकीकरणका लागि प्रारम्भिक वार्ता


काठमाडौँ। जापानको अटो कम्पनी होन्डा र निसानबिच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल सुरू भएको छ । यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएका छन् ।

यी दुई कम्पनीबिच गत मार्चमा विद्युतीय सवारी साधनमा रणनीतिक साझेदारी गर्न सहमति भएको विश्लेषकहरूले बताएका छन् । होन्डाका एक प्रवक्ताले बुधबार भने , “सम्भावित एकीकरणको सम्भावनाबारे छलफल भइरहेको छ ।”

“हामी भविष्यमा होन्डा र निसानबिच सहयोगका लागि सम्भावनाहरूबारे छलफल गरिरहेका छौँ तर केही निर्णय गरिएको छैन,” प्रवक्ताले एएफपीसँग भने ।

निशानले भनेका छन् , “यस वर्षको मार्चमा घोषणा गरिएअनुसार होन्डा र निसानले भविष्यमा सहकार्यका लागि विभिन्न सम्भावनाको खोजी गरिरहेका छन् ।”

निशानले भनेका छन् , “यदि कुनै अद्यावधिकहरू भएमा हामी उपयुक्त समयमा हाम्रा सरोकारवालाहरूलाई सूचित गर्नेछौँ ।” विशेष गरी निशानले गत महिना नौ हजार रोजगारी कटौतीको घोषणा गरेको थिए र यसको वार्षिक बिक्री पूर्वानुमान घटाएका थिए ।

प्रारम्भिक छलफल सुरू भएको घोषणाले बुधबारको सुरुवाती कारोबारमा निशानको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो भने होन्डाको शेयर एक प्रतिशतभन्दा बढीले घटेको थियो । मित्सुबिशी मोटर्सको शेयर मूल्य १४ प्रतिशतले बढेको छ ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?