Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द


काठमाडौँ। हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएका छन् ।

बर्नार्ड मेभ्स अस्पतालमा सोमबार राति भएको आगलागीमा कोही पनि हताहत नभएको अस्पताल स्रोतले जनाएका छन् तर आगलागीबाट उपचार कक्षका चार कोठा, प्रयोगशाला, परीक्षण उपकरण र प्रशासनिक कार्यालय जलेर नष्ट भएका छन् ।

मोलोटोभ ककटेल’ प्रयोग गरेर अस्पतालमा आगो लगाएका सन्दिग्ध आक्रमणकारीहरू ‘भिभ अन्सानम’ गठबन्धनसँग सम्बन्धित गिरोहका सदस्यहरू थिए ।

उनले भने , “आक्रमणले राजधानीको चिकित्सा क्षमतामा उल्लेखनीय प्रभाव पार्नेछ ।”

देशको सबैभन्दा उन्नत ‘मेडिकल इमेजिङ टेक्नोलोजी’ भएको निजी अस्पतालले हाइटीको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

क्यारेबियन राष्ट्रको राजधानीमा एक महिनाभन्दा बढी समयदेखि सशस्त्र समूहले आक्रमण गरिरहेको अवस्थामा बढ्दो उथलपुथलको यो पछिल्लो उदाहरण हो ।

संयुक्त राष्ट्रसङ्घ र एक स्थानीय गैरसरकारी संस्थाका अनुसार डिसेम्बरको सुरुमा एक ‘शक्तिशाली गिरोहका नेता’ले ‘भुडू व्यवसायी’ विरुद्ध गरेको नरसंहारमा करिब २०० जनाको मृत्यु भएका थिए ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?