Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ


काठमाडौँ। प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएका छन् ।

जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु. नौ लाख ३३ हजार ७६० बराबरको अवैध सामग्रीसमेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मङ्सिरमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएका छन् । उनीहरुलाई सात वर्ष दुई महिना २० दिन कैद र रु. आठ लाख ६३ हजार ८०० जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएका छन् ।

प्रहरीले बाँकेमा दर्ता भएका जम्मा ८४ मुद्दामा ५२ व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएकामा पर्खाइमा रहेका ३८ मुद्दालाई फछर्यौट गरिएको जानकारी दिएका छन् । ठाडो उजुरीतर्फका ४२८ मुद्दामा ४१६ फछर्यौट भएको र १२ वटा बाँकी निवेदन फछर्यौट प्रक्रियामा छन् ।जिल्लाभरमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएर रु. ४६ हजार जरिवाना गराइएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा महिला बालबालिकासँग सम्बन्धित छ मुद्दा दर्ता हुँदा छ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएका छन् भने घरेलु हिंसासम्बन्धी दर्ता भएका ५० उजुरीमा ३६ उजुरी फछर्यौट गरिएका छन् ।

चौध उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएका छन् । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फको १० निवेदनमा छ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन् ।

ट्राफिक प्रहरीको कारबाहीतर्फ मङ्सिरमा मात्रै दुई हजार ८८६ सवारी साधनलाई कारबाही गर्दै रु. २४ लाख ७१ हजार ५०० राजस्व सङ्कलन गरिएका छन् । जिल्ला प्रहरी कार्यालयले मङ्सिर २८ गते मात्रै १५० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेका थिए ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?