Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै


काठमाडौँ । पर्यटकीय नगरी पोखरामा पौष १३ गतेदेखि १७ गतेसम्म २६ औं पोखरा सडक महोत्सव २०२४ हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएका हुन् । पर्यटनको राजधानी पोखरामा रेवानले विगत २५ वर्षदेखि निरन्तर रुपमा सडक महोत्वस गर्दै आएका छन् ।

यो वर्ष पनि विगतमा जस्तै अंग्रेजी नयाँ वर्षको अवसर पारेर २६ औं पोखरा सडक महोत्सव २०२४ गर्ने लागेको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । उनले आन्तरिक तथा वाह्य पर्यटकलाई अग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा लेकसाइड क्षेत्रको करिव ३ किलोमटिर क्षेत्रमा महोत्वस आयोजना हुने उल्लेख गरे ।

उनले ‘सडक मै खाउँ,सडक मै नाचौं, सडकमै रमाउँ’भन्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवले पोखराको कला÷संस्कृति प्रवद्र्धन गर्न,स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र प्रचारप्रसार तथा ब्राण्डिङ गराउन पोखरा सडक महोत्वसले महत्वपूर्ण भुुमिका खेल्ने बताए ।

उनले सडक महोत्वसले स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान,विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा समेत योगदान पु¥याउने उल्लेख गरे ।

उनले महोत्सवमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम,मौलिक भेषभुषा प्रदर्शन,झाँकी प्रदर्शन प्रतियोगिता,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन,लाइभ कन्सर्ट लगायत मुख्य आर्कषण रहेको बताए ।

पाँच दिनसम्म चल्ने महोत्सवमा करिव ५ लाख आन्तरिक तथा वाह्य पर्यटक आउने आँकलन रहेको आयोजकले जनाएका छन् । अंग्रेजी नयाँ वर्षको लागि पोखराका होटलहरु करिव ४० प्रतिशत बुकिङ हुन थालेका छन् । महोत्सवसमा रेष्टुरेण्ट अगाडि आफ्नै स्टलहरु राख्ने र महोत्सव क्षेत्रमा बाहिरबाट आउन नपाउने व्यवस्था गरेका छन् ।

नयाँ वर्षको लागि पोखरामा ७ सय बढी होटलमा ५० हजार बेडहरु उपलब्ध रहेको रेवानले जनाएका छन् ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?