Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

पुस १० गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै


काठमाडौँ । पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ ।

मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएका हुन् । पोखराको शाहसिक पर्यटनलाई नयाँ उचाईमा  पुर्‍याउदै अन्तर्राष्ट्रिय बेलुन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएका छन् ।

महोत्सवबारे जानकारी दिँदै बेलुन नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक सविन महर्जनले नेपालमा शाहसिक पर्यटनलाई नयाँ उचाईमा पुर्‍याउन बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागेको बताए । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ नेपालमा पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताए ।

९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुनहरू पोखरेली आकाशको उच्च उचाईमा पुग्ने बताए । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै शाहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको बताए ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा सयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशका प्रतिनिधित्व हुने जानकारी दिए । महोत्सवमा २५ वटा बेलुन उडाइने र ५ हजार फिटसम्म उडाइने जानकारी दिए । महोत्सवको बजेट ७ करोड अनुमान गरेको बताए ।

उनले भने , ‘२५ वटा जति बेलुन उडाउँछौँ, त्यसमा ठूलो कमर्सियल साइजको १५ वटा जति हुन्छ । बाँकी मिनु बेलुनहरु छन् । ९ हजार फिट हाइटसम्म उड्छ । तर यो फेस्टिबलको लागि क्यानबाट ५ हजार फिटसम्म अप्रुभल दिएको छ । यसको बजेटिङ हाम्रो ७ करोड रहेको छ । बाइएयर बेलुन ल्याउँदा बजेट महंगो भयो ।’

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खालासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकले बताएका छन् । कार्यक्रमको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट शुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?