Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पुस १० गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै


काठमाडौँ । पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ ।

मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएका हुन् । पोखराको शाहसिक पर्यटनलाई नयाँ उचाईमा  पुर्‍याउदै अन्तर्राष्ट्रिय बेलुन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएका छन् ।

महोत्सवबारे जानकारी दिँदै बेलुन नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक सविन महर्जनले नेपालमा शाहसिक पर्यटनलाई नयाँ उचाईमा पुर्‍याउन बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागेको बताए । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ नेपालमा पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताए ।

९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुनहरू पोखरेली आकाशको उच्च उचाईमा पुग्ने बताए । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै शाहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको बताए ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा सयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशका प्रतिनिधित्व हुने जानकारी दिए । महोत्सवमा २५ वटा बेलुन उडाइने र ५ हजार फिटसम्म उडाइने जानकारी दिए । महोत्सवको बजेट ७ करोड अनुमान गरेको बताए ।

उनले भने , ‘२५ वटा जति बेलुन उडाउँछौँ, त्यसमा ठूलो कमर्सियल साइजको १५ वटा जति हुन्छ । बाँकी मिनु बेलुनहरु छन् । ९ हजार फिट हाइटसम्म उड्छ । तर यो फेस्टिबलको लागि क्यानबाट ५ हजार फिटसम्म अप्रुभल दिएको छ । यसको बजेटिङ हाम्रो ७ करोड रहेको छ । बाइएयर बेलुन ल्याउँदा बजेट महंगो भयो ।’

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खालासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकले बताएका छन् । कार्यक्रमको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट शुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?