Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रात्रिकालील उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछः मन्त्री पाण्डे


काठमाडौँ । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ ।

सोमवार राति बुद्ध एयरले काठमाडौं—राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान शुरु गरेका हुन् ।

परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु समेत राजविराज पुगेका थिए । रात्रिकालनि उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान शुरु गर्ने १० औं विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताए । पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भएपनि बिस्तारै अन्तर्राष्ट्रिय उडान गर्ने बताए । कुनैपनि विमानस्थलमा सेवा बिस्तार भएसँगै सेवाग्राहीहरु आउने र अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव पर्ने बताए । उनले आन्तरिक विमानस्थलहरुमा सोझै यात्रा हुने किसिमले मन्त्रालयले प्रवन्ध गर्न लागिरहेको बताए ।

उनले भने , ‘९ वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो । यो दशौँ एयरपोर्ट बनेको छ । अब राजविराज छायाँमा पर्नेछैन । यो अहिले देखिएको जुन उज्यालो छ । यो उज्यालोले राजविराजलाई पनि उज्यालो बनाउनेछ । यो एयरपोर्टलाई पनि उज्यालो बनाउनेछ । चलायमान बनाउनेछ । पोखरामा अन्तर्राष्ट्रिय उडान हामीले भनेको जस्तो गर्न सकेका छैनौँ । तर दुई लाख पर्यटक बढेर वर्षमा १० लाख पर्यटक पुगेको छ, पोखरामा । कुनैपनि एयरपोर्टमा स्वभाविक रुपमा सेवा बिस्तार भयो भने सेवाग्राहीहरु आउँछन् । यसले अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव रहनेछन् । आन्तरिक एयरपोर्टहरुमा सोझै यात्रा हुने खालका प्रवन्धका लागि हामी लागिरहेका छौँ ।’


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?