Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएका हुन् । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो ।

आज तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री भएका छन् । आज नेप्सेमा पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ बराबरको कारोबार भएका छन् ।

आज सबै समूहको उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै वित्त समूह चार दशमलव ४१ र व्यापार समूह तीन दशमलव ५५ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ४९, विकास बैंक दुई दशमलव ०३, होटल तथा पर्यटन दुई दशमलव ३१, जलविद्युत् दुई दशमलव ३६, लगानी एक दशमलव ५६ र जीवन बीमा एक दशमलव ८२ प्रतिशत प्रतिशतले घटेका छन् ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव १६, लघुवित्त एक दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव ९१, निर्जीवन बीमा एक दशमलव ४२ र अन्य समूह एक दशमलव ४५ प्रतिशतले घटेका छन् । आजको कारोबारमा दुई सय २७ कम्पनीको शेयर मूल्य घट्दा १५ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू २६ करोड ४५ लाख ९० हजार तीन सय ३० बराबरको शेयर किनबेच भएका छन् ।

त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर छ लाख १४ हजार ९६ कित्ता शेयर किनबेच भएका छन् ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?