Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौंः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई पूर्ण क्षमतासहित सञ्चालन गर्न सरकार लागिपरेको बताएका छन्  ।

सोमवार सिंहदरबारमा आयोजित सन् २०२४ का हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।  उनले  केन्द्रविरुद्ध अहिले अख्तियारसहितका चार/पाँच वटा मुद्दाहरु बाँकी रहेको बताए  ।

उनले  केन्द्रमा रहेका समस्याहरुलाई समाधन गर्दै नेपालभित्रै अन्तःशुल्क स्टिकरहरु छाप्ने परिस्थितिको निर्माण गर्न सरकारले काम गरिरहेको बताए ।

उनले भने , ‘हामीले सुरक्षण मुद्रण केन्द्रको सिईओ बनाइसकेका छौं । यस कोषमा अख्तियारसहितका चार÷पाँच वटा मुद्दाहरु होलान् । यसमा रहेका सबै समस्याहरुको समाधान गर्दै त्यसलाई पूर्ण क्षमतामा संचालन गर्ने परिस्थिति निर्माण गरेर नेपालभित्रै अन्तःशुल्क स्टिकरहरुदेखि लिएर लापूर्जाको कागज, भिसा कार्ड, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहादानी लगायतका वस्तुहरु नेपालमै छाप्ने कुरामा मुद्रण कोषलाई व्यवस्थित गरेर लाग्ने कुरा अगाडि बढ्छौं । ’

उनले सुरक्षण मुद्रण कोष बेहाल अवस्थामा रहेको उल्लेख गर्दै सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताए ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?