Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौंः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई पूर्ण क्षमतासहित सञ्चालन गर्न सरकार लागिपरेको बताएका छन्  ।

सोमवार सिंहदरबारमा आयोजित सन् २०२४ का हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।  उनले  केन्द्रविरुद्ध अहिले अख्तियारसहितका चार/पाँच वटा मुद्दाहरु बाँकी रहेको बताए  ।

उनले  केन्द्रमा रहेका समस्याहरुलाई समाधन गर्दै नेपालभित्रै अन्तःशुल्क स्टिकरहरु छाप्ने परिस्थितिको निर्माण गर्न सरकारले काम गरिरहेको बताए ।

उनले भने , ‘हामीले सुरक्षण मुद्रण केन्द्रको सिईओ बनाइसकेका छौं । यस कोषमा अख्तियारसहितका चार÷पाँच वटा मुद्दाहरु होलान् । यसमा रहेका सबै समस्याहरुको समाधान गर्दै त्यसलाई पूर्ण क्षमतामा संचालन गर्ने परिस्थिति निर्माण गरेर नेपालभित्रै अन्तःशुल्क स्टिकरहरुदेखि लिएर लापूर्जाको कागज, भिसा कार्ड, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहादानी लगायतका वस्तुहरु नेपालमै छाप्ने कुरामा मुद्रण कोषलाई व्यवस्थित गरेर लाग्ने कुरा अगाडि बढ्छौं । ’

उनले सुरक्षण मुद्रण कोष बेहाल अवस्थामा रहेको उल्लेख गर्दै सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताए ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?