Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

१३ हजार कानून व्यवसायीहरु करको दायरामा आएका छन्ः सचिव सापकोटा


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानून व्यवसायीहरु करको दायरामा आएको बताएका छन् ।

सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उनले  यस्तो बताएका हुन्  ।

उनले  २१ हजार कानून व्यवसायीहरुमध्ये ३ हजार कानून व्यवसायी करको दायरामा आइसकेको उल्लेख गरे  । उनले  कानून व्यवसायीहरुको रिन्यु पनि कर नतिरेसम्म नगर्ने भनेपनि कानून व्यवसायीहरु करको दायरामा आएको उल्लेख गरे ।

उनले  भने , ‘कानून व्यवसायीलाई पहिलो पल्ट बार एशोसिएशनबाट केही हुने र सर्वसाधारणबाट अधिवक्ता र वरिष्ठ अधिवक्ता दिने बाहेक अरु केही पनि थिएन । त्यसैले कानून व्यवसायीलाई परिषद्मा लैजानुपर्छ भनेर निकै लामो समयदेखि बहस भएको हुनाले त्यो रुपमा लगेको हो । राज्यको रिसोर्सेस कम भएको अवस्था र कानून व्यवसायीहरुले आफैँले प्राप्त गर्ने रकम भएको हुनाले उहाँहरुले पनि खर्च गर्नुपर्छ र त्यहाँबाट पनि जानुपर्छ भन्नेबारेमा धेरै पटक छलफल भयो । न्याय प्रतिष्ठानलाई अहिले न्यायाधीश र कर्मचारीलाई दिने पनि कम बजेट भएको हुनाले केही एउटा वा दुई वटा तालिम नवप्रवेशी कानून व्यवसायीहरुको लागि भइरहेको छ । २१ हजारमध्ये १३ हजार कानून व्यवसायी करको दायरामा आइसक्नुभएको छ । रिन्यु पनि ट्याक्स नतिरेसम्म नगर्ने भनेपछि ट्याक्स तिर्ने परिपाटी बढ्दै गएको छ ।’

सचिव सापकोटाले नवप्रवेशी कानून व्यवसायीहरुलाई कानून व्यवसायी परिषद्ले तालिम दिइरहेको बताए  ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?