Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज भएनः ज्ञानेन्द्र मल्ल


काठमाडौँ । कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज नभएकाले प्लेअफमा पुग्ने विश्वास टोलीमा रहेको बताएका छन् ।

सुदूरपश्चिमको जित १२.२ ओभरभित्र रोकेपछि कर्णालीका प्रशिक्षक मल्लले न्युन लक्ष्य भएपनि पिच सहज नभएकाले रोक्नसक्छौं भन्ने लागेको बताएका हुन् । तर पनि उत्कृष्ट क्रिकेट खेल्नुपर्छ भन्ने माइन्ड सेट गरेर खेलेको उनको भनाइ छ ।

उनले पावर प्लेमा राम्रो बलिङ गरेपछि जितको सम्भावना पनि बढे पनि सफल नभएको बताए । १४० रनको लक्ष्य बनाउन सकेको भए पहिलो क्वालिफायरमा पुग्ने सम्भावा पनि रहेको उनको भनाइ छ । तर विकेट सहज नभएकाले सफल नभएको उनले बताए ।

देव खनालले स्पिनरसँग राम्रो खेल्नसक्ने भनेर उनलाई चौथो नम्बरमा ब्याटिङ गर्न पठाएको प्रशिक्षक मल्ल बताउछन् । बलरले राम्रो गर्दा यहाँसम्म आइपुगे पनि अब ब्याटरबाट धेरै आशा गरेको उनले उल्लेख गरेका छन् ।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्य समीकरण भन्दा पनि आफ्नो जित ध्यानमा राखेर खेलेको बताए । आफ्नो जितले अन्य टोली यहाँ पुग्छ भन्ने कुरा नसोची आफ्नो जितलाई ध्यानमा राखेर खेलेको उनको भनाइ  छ ।

उनले टोली बलियो रहेकाले शुरुदेखि राम्रो खेलेर उपाधि जित्छौं भन्ने विश्वास रहेको पनि बताए । आगामी खेलमा यही लय जारी राखे लक्ष्य सम्भव हुने उनी बताउछन्  ।

उनले योजना बनाएर जनकपुरसँग पनि राम्रो खेल्ने लक्ष्य रहेको बताएका छन् । अहिलेसम्म दिएको साथ फाइनलसम्म पनि दिन उनले समर्थकलाई आह्वान गरेका छन् ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?