Trending
>>   गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो ) >>   विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने >>   कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी >>   सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने >>   संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल >>   नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द >>   अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने >>   प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह >>   निजामती ऐनलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो >>   दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

एनपिएलः पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, इलिमिनेटरमा चितवन र कर्णाली


काठमाडौँ । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ ।

तर सुदूरपश्चिमले सोमवार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय गरे  । लिग खेल सकिएसँगै एनपिएलको प्लेअफमा खेल्ने चारै टोलीको पनि टुङ्गो लागे  । समान सात खेलबाट सुदूपश्चिमले ६ जितबाट १२ अंक जोड्दै शिर्षमा रह्यो ।

समान खेलबाट जनकपुर बोल्ट्सले १० अंक जोड्दै दोस्रो भए । कर्णालीसँग सुदूरपश्चिममाथि जित निकाल्दै दोस्रो स्थानमा उक्लिने अवसर थियो । तर कर्णाली सफल भएनन्  । सुदूरपश्चिम र जनकपुरबीच पहिलो क्वालिफायर तय भएको हो । यी दुईबीच आगामी बुधवार प्रतिष्पर्धा हुनेछ ।

लिगको तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णालीबीच इलिमिनेटर पनि बुधवार नै हुनेछ । समान सात खेलबाट चितवन, कर्णाली र काठमाडौंले समान आठ अंक नै जोडे । तर नेट रनरेटका आधारमा यी तीन तेस्रो, चौथो र पाँचौं स्थानमा रहे ।

एनपिएलको २८औं खेलमा सुदूरपश्चिमले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं जित निकालेका हुन्  । सुदूरपश्चिमले एक मात्र चितवनसँग व्यहोराए  । कर्णालीले दिएको दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गरे  । ईशान पाण्डे ३८ रनमा अविजित रहँदा कप्तान दीपेन्द्र ३८ रन बनाएर आउट भए ।

यी दुईबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी बन्यो । दीपेन्द्रले २९ बलमा चार चौका र एक छक्का प्रहार गरे । अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ दी म्याचसमेत भए । ईशानले ३६ बलमा चार चौका हिर्काए । त्यसअघि सामान्य लक्ष्य पछ्याए पनि सुदूरपश्चिमले ब्याटिङमा संघर्ष गरे ।

पावर प्लेमा ३० रन जोड्दा सुदूरपश्चिमले तीन विकेट गुमाएका थिए  । ओपनरद्वय सैब जैफ ११ र विनोद भण्डारी ४ रनमा आउट भए । सैब सोमपाल कामीद्वारा र विनोद विपिन शर्माद्वारा एलबिडब्लु आउट भएका हुन् । ब्रान्डन म्याकमुलन पनि ३ रनमा रनआउट भए र सुदूरपश्चिमको इनिङ धरमराए  । तर ईशान र दीपेन्द्रले साझेदारी गर्दै इनिङ सम्हाले ।

कर्णालीको बलिङमा सोमपाल, विपिन र नन्दन यादवले समान एक विकेट लिए । जिसान मक्सुदले चार ओभरमा १४ रन मात्र खर्चिए पनि विकेट निकाल्न सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा १०१ रनमा नै अलआउट भए । मध्य क्रमका ब्याटर जिसानको ३० रन नै कर्णालीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कर्णालीले खराब शुरुवात गरे । दोस्रो ओभरमा ओपनरद्वय बाबर हयात १३ रन र रित गौतम शुन्यमा नै पेभेलियन फर्किए ।

पहिलो १० ओभरमा ४७ रन जोड्दा सुदूरपश्चिमले चार विकेट मात्र गुमाएका  । पछिको १० ओभरमा भने सुदूरपश्चिमले ६ विकेट गुमाउन पुगे  । विलियम बोसिस्टो १६, चाडविक वाल्टनले ११ र देव खनाल ७ रनमा आउट भए । गुलसन झा पनि २ र कप्तान सोमपाल कामीले ११ रनमा पेभेलियन फर्किएपछि कर्णाली सस्तैमा रोकियो ।

सुदूरपश्चिमको बलिङमा हरमित सिंहले तीन विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले चार ओभरमा २० रन मात्र खर्चिएर दुई विकेट लिए । स्कट कुगेलिन र सैफ जैबले समान एक विकेट लिए ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?