Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

एनपिएलः पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, इलिमिनेटरमा चितवन र कर्णाली


काठमाडौँ । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ ।

तर सुदूरपश्चिमले सोमवार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय गरे  । लिग खेल सकिएसँगै एनपिएलको प्लेअफमा खेल्ने चारै टोलीको पनि टुङ्गो लागे  । समान सात खेलबाट सुदूपश्चिमले ६ जितबाट १२ अंक जोड्दै शिर्षमा रह्यो ।

समान खेलबाट जनकपुर बोल्ट्सले १० अंक जोड्दै दोस्रो भए । कर्णालीसँग सुदूरपश्चिममाथि जित निकाल्दै दोस्रो स्थानमा उक्लिने अवसर थियो । तर कर्णाली सफल भएनन्  । सुदूरपश्चिम र जनकपुरबीच पहिलो क्वालिफायर तय भएको हो । यी दुईबीच आगामी बुधवार प्रतिष्पर्धा हुनेछ ।

लिगको तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णालीबीच इलिमिनेटर पनि बुधवार नै हुनेछ । समान सात खेलबाट चितवन, कर्णाली र काठमाडौंले समान आठ अंक नै जोडे । तर नेट रनरेटका आधारमा यी तीन तेस्रो, चौथो र पाँचौं स्थानमा रहे ।

एनपिएलको २८औं खेलमा सुदूरपश्चिमले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं जित निकालेका हुन्  । सुदूरपश्चिमले एक मात्र चितवनसँग व्यहोराए  । कर्णालीले दिएको दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गरे  । ईशान पाण्डे ३८ रनमा अविजित रहँदा कप्तान दीपेन्द्र ३८ रन बनाएर आउट भए ।

यी दुईबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी बन्यो । दीपेन्द्रले २९ बलमा चार चौका र एक छक्का प्रहार गरे । अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ दी म्याचसमेत भए । ईशानले ३६ बलमा चार चौका हिर्काए । त्यसअघि सामान्य लक्ष्य पछ्याए पनि सुदूरपश्चिमले ब्याटिङमा संघर्ष गरे ।

पावर प्लेमा ३० रन जोड्दा सुदूरपश्चिमले तीन विकेट गुमाएका थिए  । ओपनरद्वय सैब जैफ ११ र विनोद भण्डारी ४ रनमा आउट भए । सैब सोमपाल कामीद्वारा र विनोद विपिन शर्माद्वारा एलबिडब्लु आउट भएका हुन् । ब्रान्डन म्याकमुलन पनि ३ रनमा रनआउट भए र सुदूरपश्चिमको इनिङ धरमराए  । तर ईशान र दीपेन्द्रले साझेदारी गर्दै इनिङ सम्हाले ।

कर्णालीको बलिङमा सोमपाल, विपिन र नन्दन यादवले समान एक विकेट लिए । जिसान मक्सुदले चार ओभरमा १४ रन मात्र खर्चिए पनि विकेट निकाल्न सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा १०१ रनमा नै अलआउट भए । मध्य क्रमका ब्याटर जिसानको ३० रन नै कर्णालीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कर्णालीले खराब शुरुवात गरे । दोस्रो ओभरमा ओपनरद्वय बाबर हयात १३ रन र रित गौतम शुन्यमा नै पेभेलियन फर्किए ।

पहिलो १० ओभरमा ४७ रन जोड्दा सुदूरपश्चिमले चार विकेट मात्र गुमाएका  । पछिको १० ओभरमा भने सुदूरपश्चिमले ६ विकेट गुमाउन पुगे  । विलियम बोसिस्टो १६, चाडविक वाल्टनले ११ र देव खनाल ७ रनमा आउट भए । गुलसन झा पनि २ र कप्तान सोमपाल कामीले ११ रनमा पेभेलियन फर्किएपछि कर्णाली सस्तैमा रोकियो ।

सुदूरपश्चिमको बलिङमा हरमित सिंहले तीन विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले चार ओभरमा २० रन मात्र खर्चिएर दुई विकेट लिए । स्कट कुगेलिन र सैफ जैबले समान एक विकेट लिए ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?