Trending
>>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

नेकपा एसको केन्द्रिय सदस्यहरुको कार्यविभाजनको टुंगो आईतवार हुने


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन छलफल भएको छ ।

शुक्रवारबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा जारीे बैठकमा आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरुले बोल्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए  । उनकाअनुसार पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन आईतवारमात्रै हुनेछ ।

आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ । आज यसको बारेमा धारणा राख्ने कमरेडहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह आज आफ्ना धारणा राखेका बताए ।

छलफलमा पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतिहरु निर्वाचनमा प्रतिष्पर्धा गर्नेकुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको बताए ।

उनले भने  , ‘नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको तेस्रो बैठक हिजोदेखि लगातार सञ्चालन भइरहेको छ । यो बैठकमा विशेषतः थुप्रै साना योजनाहरु छन् । त्यसमध्ये मुख्य एजण्डाहरु हाम्रो पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रित सदस्यहरुको कार्यविभाजन दुई वटा विषय प्रमुख छन् । आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ । आज यसको बारेमा धारणा राख्ने कमरेडहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह हुनुहुन्छ । पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतिहरु निर्वाचनमा प्रतिष्पर्धा गर्नेकुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको छ । छलफल भोलिसम्म चल्नेछ । कार्यविभाजनको काम भोलि हुनेछ ।’

बैठक आईतवारसम्म सञ्चालन हुने पनि जानकारी दिए ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?