Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

युवाहरुमा देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्छः अध्यक्ष अन्सारी


काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले युवाहरुमा सिंगो देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताएका छन्  ।

शनिवार काठमाडौंमा शैक्षिक सहयोग कार्यक्रममा बाल्दै उनले  यस्तो बताएका हुन् ।  उनले  आजको पुस्तामा आफ्नो लागि मात्रै नभइ देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताए  ।

उनले  युवाहरुको सोचमा केही गरौँ भन्ने भावनामा वृद्धि हुनुपर्ने बताए ।  उनले आयोगले मुस्लिम समुदायका युवाहरुका लागि लोकसेवा तयारीको समेत व्यवस्था गरेको भएपनि विद्यार्थी बीचमै छाडेर जाने स्थितिको अन्त्य गर्नुपर्नै बताए  ।

उनले  भने , ‘आजको युवा युवतीहरुको सोचमा अझ वृद्धि हुनुपर्छ । हामी आफ्नो मात्रै होइन, सिंगो देशवासीको लागि केही गरौँ भन्ने भावना बोक्नुपर्छ । लोकसेवा तयारी कक्षा पनि आायेगकै खर्चमा गराउँदै आएको थिएँ । तर मलाई दुःख पनि के लाग्यो भने आयोगले त्यत्रो पहल गर्दागर्दा, आर्थिक रुपमा आयोगले सहयोग गर्दैगर्दा पनि हाम्रा केही विद्यार्थी शुरुमा सहभागी हुने र पछि उपस्थित नहुने स्थिति देखियो । त्यो सिभिल सर्भिसमा सहभागी हुनको लागि हो । अहिले धेरै क्षेत्रमा युवाहरु देखिएको छ । तर निजामति सेवामा पनि मुस्लिम समुदायका युवाहरुको उपस्थिति देखिए राम्रो हुन्थ्यो । त्यसले सिंगो समाज र देशलाई फाइदा पुग्छ ।’

अध्यक्ष अन्सारीले निजामति सेवामा पनि मुस्लिम समुदायका युवाहरुको उपस्थिति कमजोर रहेको बताए ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?