Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

युवाहरुमा देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्छः अध्यक्ष अन्सारी


काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले युवाहरुमा सिंगो देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताएका छन्  ।

शनिवार काठमाडौंमा शैक्षिक सहयोग कार्यक्रममा बाल्दै उनले  यस्तो बताएका हुन् ।  उनले  आजको पुस्तामा आफ्नो लागि मात्रै नभइ देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताए  ।

उनले  युवाहरुको सोचमा केही गरौँ भन्ने भावनामा वृद्धि हुनुपर्ने बताए ।  उनले आयोगले मुस्लिम समुदायका युवाहरुका लागि लोकसेवा तयारीको समेत व्यवस्था गरेको भएपनि विद्यार्थी बीचमै छाडेर जाने स्थितिको अन्त्य गर्नुपर्नै बताए  ।

उनले  भने , ‘आजको युवा युवतीहरुको सोचमा अझ वृद्धि हुनुपर्छ । हामी आफ्नो मात्रै होइन, सिंगो देशवासीको लागि केही गरौँ भन्ने भावना बोक्नुपर्छ । लोकसेवा तयारी कक्षा पनि आायेगकै खर्चमा गराउँदै आएको थिएँ । तर मलाई दुःख पनि के लाग्यो भने आयोगले त्यत्रो पहल गर्दागर्दा, आर्थिक रुपमा आयोगले सहयोग गर्दैगर्दा पनि हाम्रा केही विद्यार्थी शुरुमा सहभागी हुने र पछि उपस्थित नहुने स्थिति देखियो । त्यो सिभिल सर्भिसमा सहभागी हुनको लागि हो । अहिले धेरै क्षेत्रमा युवाहरु देखिएको छ । तर निजामति सेवामा पनि मुस्लिम समुदायका युवाहरुको उपस्थिति देखिए राम्रो हुन्थ्यो । त्यसले सिंगो समाज र देशलाई फाइदा पुग्छ ।’

अध्यक्ष अन्सारीले निजामति सेवामा पनि मुस्लिम समुदायका युवाहरुको उपस्थिति कमजोर रहेको बताए ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?