काठमाडौँ । सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्वपूर्ण क्षेत्र बनाएर जानुपर्ने बताए । उनले पछिल्लो समय आफ्ना सन्तानलाई खेलकुदमा लगाउने अभिभावकहरु बढ्दै गएको बताए ।
उनले खेलाडी उत्पादनमा निजी विद्यालयहरुको भुमिका अग्रणी रहेको बताए । उनले खेलकुदका भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थीलाई आकर्षित गर्न जरुरी रहेको बताए ।
उनले भने , ‘विद्यालय क्षेत्रलाई नै खेलकुदको एउटा महत्वपूर्ण क्षेत्र बनाएर त्यसमा पनि हाम्रो सन्दर्भमा अहिलेसम्म प्याब्सन, एनप्याब्सन लगायतका निजी क्षेत्रका विद्यार्थीले बढी चासो राखेका छन् । यसमा लगानी पनि निजी क्षेत्रबाट बढी भएको छ । उपयुक्त शिक्षक पनि हुने, त्यसका लागि भौतिक पूर्वाधार पनि एक हदसम्म बनाएर विद्यार्थी आकर्षण गर्नुपर्ने हाम्रो एउटा समाजको परिस्थिति हो । खेलाडीहरु उत्पादन हुने श्रोत वा मुहान नै विद्यालय हो । त्यसबाट यसलाई अघि लैजानुपर्छ ।’
सभामुख घिमिरेले खेलकुदलाई राज्यले पनि महत्वका साथ लिनुपर्ने बताए ।