Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

स्वदेशी खेलाडीले राम्रो रन बनाउन नसक्दा दबाब भयो– पोखराका दिलीप नाथ


काठमाडौँ । पोखरा एभेन्जर्सका दिलिप नाथले घरेलु खेलाडीले राम्रो रन बनाउन नसक्दा नै टोली अहिले यो अवस्थामा आएको बताएका छन् ।

काठमाडौं गुर्खाजसँग पराजित भएपछि पोखराका ब्याटर दिलीपले कुनै स्वदेशी राम्रो ठूलो स्कोर बनाउन सकेको भए टोलीको आत्मविश्वास बढ्ने र यो स्थितिमा नहुने विश्वास व्यक्त गरेका हुन् । बिहानको कन्डिसनमा ब्याटिङ गर्न सहज नहुने र योगफल थोरै बढाउन सकेको भएपनि नतिजा फरक हुने उनी बताउँछन् ।

उनले पिचमा पहिलेभन्दा सुधार भएको र त्यसमा आफूले पनि राम्रो फिनिस गर्न नसकेको बताए । लिगको अन्तिम खेलमा जित निकाले अभैm अवसर रहेको र त्यसमा राम्रो हुने उनको विश्वास छ ।

काठमाडौं गुर्खाजका जेरार्ड इरासमसले प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्ने उल्लेख गरे । कुनैपनि विदेशी खेलाडीका लागि नयाँ पिचमा खेल्न सहज नभएको तर अहिले लयमा आएको उनको भनाइ छ । विदेशी खेलाडी नचल्दा ब्याटिङमा पनि समस्या भएको उनले उल्लेख गरे ।

उनले पोखराविरुद्ध सामान्य लक्ष्य रहेको र यस्तोमा पनि राम्रो स्थिति नपुगेसम्म सम्हालिएर खेलेको बताए ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?