Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अडानी बन्दरगाह परियोजना जारी रहने श्रीलङ्काको भनाइ


काठमाडौँ । श्रीलङ्कामा भारतीय अडानी समूहको बन्दरगाह परियोजना यसका संस्थापकविरुद्ध अमेरिकी आरोप र यसको वित्तपोषणमा अचानक परिवर्तनको बावजुद अगाडि बढ्ने श्रीलङ्काले बताएका छन्  ।

गत महिना न्यूयोर्कमा अर्बपति उद्योगपति गौतम अडानी र उनका  सहकर्मीले जानाजानी अन्तर्राष्ट्रिय लगानीकर्तालाई प्रभावित पारेको आरोप लगाएका छन्  । यो आरोपले अडानीको कम्पनीको शेयरमा व्यापक गिरावट आएको थियो भने र पारिवारिक फर्मको ‘कर्पोरेट गभर्नेन्स’मा प्रश्न उठाएका थिए  ।

श्रीलङ्काका बन्दरगाहमन्त्री विमल रत्नायकेले अडानीमाथि लागेको आरोपले राजधानी कोलम्बोमा रहेको कन्टेनर टर्मिनल परियोजनामा कुनै असर नपारेको बताएका छन्  । “अडानी र अमेरिकाबीचको समस्या के हो, हाम्रो चिन्ताको विषय होइन,” बिहीबार राति बन्दरगाहको भ्रमणका क्रममा उनले  पत्रकारसँग भने  ।

उनले  भने , “अडानीद्वारा पश्चिमी कन्टेनर टर्मिनल विकास अगाडि बढ्नु हाम्रो लागि उच्च महत्वको कुरा हो ।” रत्नायकेका अनुसार सन् २०२२ मा अभूतपूर्व सङ्कट र विदेशी ऋण नतिरेपछि समस्यामा परेको श्रीलङ्काको अर्थतन्त्रका लागि राजस्व सङ्कलन गर्न यो परियोजनाको निर्माण हुनु महत्वपूर्ण छ ।

बन्दरगाह परियोजनाको अनुमानित लागत ७० करोड अमेरिकी डलर छ र यो चिनियाँद्वारा सञ्चालित परियाजनाको नजिकमा अवस्थित छ । अडानी समूहले न्युयोर्कको अभियोगपछि अमेरिकी सरकारद्वारा समर्थित ५५ करोड ३० लाख अमेरिकी डलर को ऋणका लागि गरेको अनुरोध फिर्ता लिएको केही दिनपछि रत्नायकेको यो टिप्पणी आएको हो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) सँगको ऋण सम्झौतालाई गतवर्ष अन्तिम रुप दिइएको थियो, यस परियोजनालाई हिन्द महासागरमा बेइजिङको बढ्दो प्रभावको सामना गर्ने माध्यमको रूपमा हेरिएको थियो । श्रीलङ्का विश्वको सबैभन्दा व्यस्त सामुद्रिक ढुवानी मार्गमा अवस्थित छ, जसले मध्य पूर्व र पूर्वी एसियालाई जोड्छ र देशको समुद्री सम्पत्तिलाई रणनीतिक महत्व दिन्छ ।

अडानी समूहले अब यो परियोजनाका लागि आफ्नै कोषबाट लगानी गर्ने बताएका छन्  । श्रीलङ्काले गत महिना अभियोग लगाएपछि उक्त बन्दरगाह र टापुको उत्तरमा ४४ करोड २० लाख अमेरिकी डलर बराबरको वायु ऊर्जा सम्झौतासहित समूहको स्थानीय परियोजनामा अनुसन्धान सुरु गरेका थिए ।

नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नोभेम्बरमा भएको चुनावमा भारी मतले विजयी हुनुअघि वायु उर्जा परियोजनाको विरुद्धमा अभियान चलाए  । बन्दरगाह मन्त्री रत्नायकेले पनि आफ्नो सरकार यसको विपक्षमा रहेको बताएका छन्  । रत्नायकेले भने, “यो देशलाई अहितकर हुनेछ ।”

दिसानायकेले यो परियोजनालाई श्रीलङ्काको ऊर्जा सम्प्रभुताका लागि खतरा को संज्ञा दिएका थिए । अडानी समूहका संस्थापक र अन्य वरिष्ठ अधिकारीहरूले भारत सरकारका अधिकारीलाई घुस दिएको आरोप लागेपछि अडानी समूहले सेयर बजारमा करिब ५५ अर्ब अमेरिकी डलर गुमाएको जनाएका थिए  ।

कोइला, एयरपोर्ट, सिमेन्ट र मिडियाको व्यापार साम्राज्यको साथ, अडानी समूहले पहिलेका कर्पोरेट धोखाधडीको आरोपहरूको सामना गरेको छ र गत वर्ष पनि यस्तै आरोपको सामना गरेका  छन्  । सन् २०२३ मा ह्यान्डेनबर्ग रिसर्चको एक रिपोर्टले ‘कर्पोरेट फ्रड’को आरोप लगाएपछि सन् २०२३ मा यसको शेयरको बजार मूल्यबाट १५० अर्ब अमेरिकी डलर कम भएका थिए ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?