Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एनपिएल : विराटनगरद्वारा चितवन सामु १८२ रनको लक्ष्य प्रस्तुत


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएका छन्  ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएका  हुन्  ।

विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेका छन्  ।

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक÷एक विकेट लिए । अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेका छन्  । 


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?