Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संसद सेवालाई प्रभावकारी बनाउन सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरीः सभामुख


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउनका लागि संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताएका छन्  ।

शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुको व्यवहारिक, प्राज्ञिक र दार्शनिक ज्ञान अभिवृद्धि गर्नुपर्ने बताएका हुन्  ।

 उनले  विश्वव्यापी रुपमा देखापरेका चुनौतिहरुको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरुको वृद्धि विकास मात्र नभई रचनात्मक ढंगबाट परिचालन गर्न जरुरी रहेको बताए  । संघीय संसदको प्रभावकारीताको विषयमा विगतबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताए । उनले देशको राजनीतिक, आर्थिक र सामाजिक स्थितिको सापेक्षता समस्याको मागहरु गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताए ।

उनले भने ,‘संसद सेवा प्रभावकारी बनाउनका लागि हाम्रा चुनौतिहरु पनि प्रसश्त रहेका छन् । ति चुनौतिहरुको सामना गर्नको लागि मुख्य गरिकन कर्मचारीभन्दा विशिष्टकृत ढंगबाट हामीले गर्नुपर्ने अनन्त कामहरु छन् । त्यका लागि हामीले कर्मचारीहरुको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ । चाहे प्राज्ञिक क्षमता होस् वा दार्शनिक क्षमताको कुरा होस् कि व्यवहारिक क्षमताको कुरा होस् । विश्वव्यापी रुपमा देखापरेका चुनौतिहरुको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरुको वृद्धि विकास मात्रै होइन, शैक्षिक योग्यताको विकास गर्ने, यस क्षेत्रको अनुसन्धानात्मक ढंगबाट कामहरु गर्ने र यहाँ काम गरेबापत् उनीहरुले अरु कर्मचारीको तुलनामा अनुसन्धात्मक कामहरु गर्नेबारे हामीले सोच्न सकेका छैनौं । यी समस्याको मागहरु गरिरहँदा हामी राष्ट्रियताको सापेक्षतामै गर्छौं । देशको राजनीतिक स्थिति, देशको आर्थिक स्थिति, देशको सामाजिक स्थितिको सापेक्षतामा गर्छौं । तर त्यो सापेक्षतामा पनि हामी ध्यान आत्कृष्ट गर्न सकिरहेका छैनौं ।’

संसद जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने ठाउँ भएकाले मुलुकका विद्यमान समस्या समाधान गर्नको लागि संसद सचिवालयको प्रयत्न प्रभावकारी हुनुपर्ने उनको  भनाइ छ । वि.सं. २०५८ मा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?