Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपालमा


काठमाडौँ । विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपाल आइपुगेका छन् ।

आज बिहान छोरीसहित नेपाल आएका ब्रयान लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले त्रिभूवन विमानस्थलमा स्वागत गरेका छन् ।

जारी नेपाल प्रिमियर लिगमा कमेन्ट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको निम्तोमा नेपाल आएका हुन् । नेपाल आउँदा खुशी लागेको काराले बताए । ब्रयान लाराकप नाममा अनगिन्ती रेकर्ड रहेका छन् । जसमा टेष्ट क्रिकेटमा एक इनिङसमा इङ्गल्याण्ड विरूद्ध सन् २००४ मा हानेको अविजित ४०० रन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । यो रेकर्ड अरूले तोडेको हेर्न चाहेको लाराले बताए ।

उनले वेस्ट इण्डिजबाट १३१ टेष्ट खेल्दै ११ हजार ९५३ रन बनाएका छन् । ओडिआईमा भने २९९ खेए खेल्दै १० हजार ४०६ रन जोडेका छन् । टेष्टमा ३४ र ओडिआईमा १९ शतक उनको नाममा रहेको छ ।  नेपाल क्रिकेट संघ क्यानकाअनुसार उनी तीन दिन नेपाल बस्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?