Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

दक्षिण कोरियाली संसदद्वारा युनको विद्रोह छानबिन गर्न बिलहरू पारित


काठमाडौँ । दक्षिण कोरियाको संसदले बिहीवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणा र प्रथम महिलाको संलग्नताका घोटालाहरूको बारेमा अनुसन्धान गर्न स्वतन्त्र सल्लाहकारहरू नियुक्त गर्ने विधेयक पारित गरेका छन् ।

पूर्णसत्रमा उपस्थित २८३ राष्ट्रिय सभा सांसदहरू मध्ये १९५ ले युनको विरुद्धमा विशेष अभियोजन विधेयकको पक्षमा मतदान गरेका छन् । ८६ जनाले असहमति जनाएका छन् । दुई जना अनुपस्थित थिए ।

विधेयकमा राष्ट्रपतिले सिफारिस गरिएकामध्ये एकजना अभियोजक छनोट गरी नियुक्ति गर्नुपर्ने व्यवस्था छ । यदि युनले यसलाई भिटो गरेमा, विधेयकलाई फिर्ता लिनुपर्छ । जसमा ३ सय सदस्यीय सभाको कम्तिमा दुई तिहाईले यसलाई पारित गर्नको लागि मतदान गर्नुपर्छ । युनले डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गरेका थिए । जुन केही घण्टापछि राष्ट्रिय सभाले खारेज गरेका थिए  । अनुसन्धान एजेन्सीहरूले युन विरुद्ध विद्रोह र अन्य आरोपहरूको छानबिन गरेका छन् ।

यसैबीच, प्रथम महिला किम केओन–ही विरुद्धको विशेष काउन्सिल विधेयकमा बिहीवार भएको मतदानमा सहभागी २ सय ८२ सांसदमध्ये १९५ पक्षमा र ८५ विपक्षमा परेका थिए भने दुई जना अनुपस्थिति थिए । पहिलो महिला विरुद्ध अघिल्लो तीन बिल युनद्वारा भिटो र एक रिभोटमा खारेज गरिएको थियो ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?