Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

दक्षिण कोरियाली संसदद्वारा युनको विद्रोह छानबिन गर्न बिलहरू पारित


काठमाडौँ । दक्षिण कोरियाको संसदले बिहीवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणा र प्रथम महिलाको संलग्नताका घोटालाहरूको बारेमा अनुसन्धान गर्न स्वतन्त्र सल्लाहकारहरू नियुक्त गर्ने विधेयक पारित गरेका छन् ।

पूर्णसत्रमा उपस्थित २८३ राष्ट्रिय सभा सांसदहरू मध्ये १९५ ले युनको विरुद्धमा विशेष अभियोजन विधेयकको पक्षमा मतदान गरेका छन् । ८६ जनाले असहमति जनाएका छन् । दुई जना अनुपस्थित थिए ।

विधेयकमा राष्ट्रपतिले सिफारिस गरिएकामध्ये एकजना अभियोजक छनोट गरी नियुक्ति गर्नुपर्ने व्यवस्था छ । यदि युनले यसलाई भिटो गरेमा, विधेयकलाई फिर्ता लिनुपर्छ । जसमा ३ सय सदस्यीय सभाको कम्तिमा दुई तिहाईले यसलाई पारित गर्नको लागि मतदान गर्नुपर्छ । युनले डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गरेका थिए । जुन केही घण्टापछि राष्ट्रिय सभाले खारेज गरेका थिए  । अनुसन्धान एजेन्सीहरूले युन विरुद्ध विद्रोह र अन्य आरोपहरूको छानबिन गरेका छन् ।

यसैबीच, प्रथम महिला किम केओन–ही विरुद्धको विशेष काउन्सिल विधेयकमा बिहीवार भएको मतदानमा सहभागी २ सय ८२ सांसदमध्ये १९५ पक्षमा र ८५ विपक्षमा परेका थिए भने दुई जना अनुपस्थिति थिए । पहिलो महिला विरुद्ध अघिल्लो तीन बिल युनद्वारा भिटो र एक रिभोटमा खारेज गरिएको थियो ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?