Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जोर्डनका राजाद्वारा गाजामा युद्ध अन्त्य गर्न आग्रह


काठमाडौँ  । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले मध्यपूर्व क्षेत्रमा व्यापक शान्ति प्राप्त गर्ने दिशामा पहिलो कदम गाजामा इजरायली युद्ध रोक्नु रहेको बताएका छन्  । जसलाई तत्काल र गम्भीर विश्वव्यापी कार्यको आवश्यकता रहेको बताए  ।

अकाबामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको राजाको बैठकको क्रममा दुवै पक्षले गाजामा मानवीय प्रतिक्रिया बढाउने प्रयासलाई पनि सम्बोधन गरेका छन् । राजाले वेस्ट बैंकमा एकपक्षीय इजरायली उपायहरूबाट उत्पन्न हुने खतराहरू र यरूशलेमका पवित्र स्थलहरूमा निरन्तर आक्रमणको बारेमा पनि चेतावनी दिएका छन्  ।

यसैबीच राजाले सिरियाको सुरक्षा र यसका नागरिकहरूको सुरक्षाको महत्वलाई जोड दिँदै सिरियाली जनताको छनौटलाई जोर्डनले सम्मान गरेको बताए । उनले  दुई राज्य समाधान नै न्यायपूर्ण र व्यापक शान्ति प्राप्त गर्न र यस क्षेत्रलाई थप द्वन्द्वमा जानबाट रोक्नको लागि एक मात्र उपाय भएको बताए ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?