Trending
>>   विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री >>   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने >>   सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण जरुरी : नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा >>   सरकारले निःशुल्क भएका औषधिको लुकिछिपी विक्री वितरण गर्नेहरुमाथि निगरानी गर्न आवश्यक : सांसद देवेन्द्र पौडेल >>   संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता हुन्छः स्वास्थ्यमन्त्री पौडेल >>   कालीगण्डकी करिडोरः पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो >>   एनपिएलः पोखरासँग सुपरओभरमा पराजित भएसँगै लिग चरणबाट बाहिरियो विराटनगर >>   पावर प्लेमा बलिङ गर्न तयार थिएँ, नतिजाले गलत सावित भयो–सन्दीप लामिछाने >>   संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री >>   सार्वजनिक विदा कटौती गरौंः डा. अमरेशकुमार सिंह
Logo
२७ मंसिर २०८१, बिहीबार
२७ मंसिर २०८१, बिहीबार

संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताएका छन्  ।

बिहीवार काठमाडौंमा आयोजित शान्ती, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।  उनले  संविधानलाई असफल बनउने छुट कसैलाई नभएको बताए ।  उनले  नेपालमा ६८ वर्षको अवधीमा सात वटा संविधान बनेको स्मरण गरउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको अदारहण भएको बताए  ।

उनले  संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको बताए ।  उनले  भोतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताए  । संविधान विरोधी गतिविधिहरु कुनैपनि हिसावले क्षम्य नहुने लेखकको भनाइ छ ।

उनले भने , ‘हामीले संविधान बनाएका छौं । तुलनात्मक रुपमा हेर्दा यो संविधान अन्य देशका संविधानको तुलनामा असल छ । संसारभरका संविधानहरुलाई अध्ययन गरेर बनाएको हुनाले हाम्रो संविधान कान्छो र सफल हो । संविधानमा हामीले गणतन्त्र र संघीयताको विषयमा महत्वपूर्ण निर्णय गरेका छौं । हाम्रा नयाँ अभ्यासहरु प्रयोग भएका छन् । त्यसरि नै हाम्रा लोकतान्त्रिक मुल्य मान्यताहरुलाई यो संविधानमा समावेश गरेका छौं । यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको मुख्य कार्यभार हो । मैले एउटा कुरा निरन्तर भन्ने गरेको छु, यो संविधानलाई असफल बनाउने छुट हामी कसैलाई छैन । किनभने नेपाल ६८ वर्षमा ७ वटा संविधान बनेको देश हो । हामीले ७ वटा संविधान बनाएका छौं । धेरै, सडक, पलु र विश्वविद्यालय बनाउने कुरा राम्रो हो । धेरै संविधान बनाउने कुरा बेठिक हो । धेरै संविधान बन्नु भनेको मुलुकको राजनीतिक अस्थिरताको उदाहारण हो । ६८ वर्षसम्म हामी राजनीतिक अस्थिरतामा हामी गुज्रियौं । त्यसो भएका कारणले अब यो संविधानलाई असफल हुन दिनुहुन्न । संविधानलाई असफल बनाउन संविधानविरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्न प्रयत्न गर्ने कोसिशहरु हुने गरेका छन् । त्यसका विरुद्ध हामी कडा रुपले उभिन जरुरी छ । केही कुराहरुमा समाधान गर्न नसक्दा नागरिकमा असन्तुष्टि भएपनि संविधानको कमजोरीका कारण मुलुकको विकास हुन नसकेको भन्ने भाष्य र गतिविधि भइरहेका छन् यस्ता गतिविधिहरु कुनैपनि हिसावले क्षम्य हुँदैनन् ।’ 

उनले  मुलुकमा साइबर अपराधका घटनाहरु बढिरहेको बताए ।  उनले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ती व्यवस्था खल्बल्याउने अपराधिक क्रियाकलापहरु बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रश्तुत हुने बताए  ।

 उनले भने  , ‘पछिल्लो समय साइबर क्राइम बढिरेहको स्थिति छ । साइबर क्राइममा पनि खासगरि घृणात्मक अभिव्यक्तिहरु बढिरहेको पाइएको छ । कसैको व्यक्तिको चरित्र हत्या गरिदिने अथवा समाज समाजका बीचमा द्वन्द्व बढाउने, विषेश, भूगोल, धर्म र भाषाका बीचमा पनि विद्वेष फैलाउनले र समाजलाई गलत ढंगले प्रभावित पार्ने तरिकाले यो अपराध बढीरेहेको छ । यो अपराध नियन्त्रणका लागि पनि हामीले कुनै पनि खालको सम्झौता नगरेर निर्मम ढंगले प्रश्तुत हुन जरुरी छ ।’

जनतालाई कानूनी राज्यको प्रत्याभुति दिलाउने सवालमा सरकारले कसैसँग सम्झौता नगर्ने उनको  भनाइ छ ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?