Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

स्थिरता, स्थायित्व र सुशासनका लागि वर्तमान सरकार बनेको होः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् ।

बुधवार तेह्रथुममा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताएका छन् । उनले आफूले अघिल्लो कार्यकालमा देशभर ३९६ वटा १५ शैय्याको अस्पताल निर्माण गर्न शुरु गरेको र अहिले सय भन्दा बढी सञ्चालन भइरहेको बताए । उनले आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि देशमा विकास निर्माणका कामको गति रोकिएको उल्लेख गरे ।

उनले भने, ‘१५ बेडको अस्पताल मैले एकै पटक देशभर ३९६ वटाको शिलान्यास गरेको थिएँ । त्यसका लागि बजेट छुट्याएको थियो । जसमा अहिले लगभग सय वटा अस्पतालहरु चलिसके होलान् । मैले नै अहिले आएर धेरै वटा उद्घाटन पनि गरेँ । म हिँडे देश हिँड्न छोड्यो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो । म आएको छु, फेरि देश हिँड्छ । यस पल्ट देशको अफ्ठ्यारो स्थितिलाई हेरेर देशका ठूला राजनीतिक दलहरु, इतिहास बोकेका, जिम्मेवार राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले मिलेर यो सरकार बनेको छ । यसले देशमा स्थिरता, स्थायित्व ल्याउने, देशमा सुशासन दिने, देशलाई विकासको गतिमा अघि बढाउने, त्यो संकल्प गरेको छ । मैले अघि बढाएका विकासका कामहरु आफू उभिएकै ठाउँबाट हरेकले देख्नसक्छ ।’

प्रधानमन्त्री ओलीले देशभरका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?