Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमै रोजगारी दिन्छौँः मन्त्री भण्डारी


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमा रोजगारीको वातावरण बनाइने बताएका छन्  ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संरचनाको चरणमा रहेको उल्लेख गरे । मन्त्रालयको संरचना निर्माणका लागि ओएनएमको प्रश्ताव मन्त्रीपरिषद्मा पुगेको बताए ।  उनले  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको मात्रै काम गरेको जस्तो देखिएकाले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताए  ।

उनले सरकारले रोजगार दिने नभइ रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने र रोजगारी निजी क्षेत्रले दिने बताए । उनले  मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवद्र्धन गर्ने, अघि बढाउने काममा आफूहरु लागिपरेको बताए  ।

उनले  भने , ‘विशेष गरी अहिले हामीले रोजगार क्षेत्रमा दुई वटा कुरा गर्न खोजेका छौँ । आन्तरिक रोजगार र वैदेशिक रोजगारको कुरा छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कहिले कहिले नाम नै अर्को गर्ने की भन्ने पनि कुरा आउँछ । किनभने यो मन्त्रालयले वैदेशिक रोजगारको काम मात्रै गरेको छ । वैदेशिक रोजगार मन्त्रालय मात्रै बनाउने हो की भन्नेकुरा पनि कहिले कहिले आउँछ । मन्त्रालयको संरचना हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारमा कहीँ केही छैन । कसले हेर्ने ? त्यसैले अहिले हामी ओएनएमको चरणमा छौँ । अहिले हामी मन्त्रालयको संरचनाको चरणमा छौँ । हाम्रो ओएनएमको प्रश्ताव क्याबिनेटमा पुगेको छ । जहाँ हामीले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्दैछौँ । यसले मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवद्र्धन गर्ने, अघि बढाउने हो । सरकारले रोजगारी दिने होइन । सरकारले बाटो बनाइदिने हो । रोजगार दिने भनेको रोजगार दाताले हो, निजी क्षेत्रले हो ।’

मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट सीप सिकेर आएका व्यक्तिहरु नेपालका लागि उपयुक्त जनशक्ति भएको बताए । उनले अहिलेको प्रविधिलाई प्रयोग गरेर सबै सेवा फेसलेस र पेपरलेस बनाउने काममा अघि बढिरहेको बताए   ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?