Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमै रोजगारी दिन्छौँः मन्त्री भण्डारी


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमा रोजगारीको वातावरण बनाइने बताएका छन्  ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संरचनाको चरणमा रहेको उल्लेख गरे । मन्त्रालयको संरचना निर्माणका लागि ओएनएमको प्रश्ताव मन्त्रीपरिषद्मा पुगेको बताए ।  उनले  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको मात्रै काम गरेको जस्तो देखिएकाले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताए  ।

उनले सरकारले रोजगार दिने नभइ रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने र रोजगारी निजी क्षेत्रले दिने बताए । उनले  मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवद्र्धन गर्ने, अघि बढाउने काममा आफूहरु लागिपरेको बताए  ।

उनले  भने , ‘विशेष गरी अहिले हामीले रोजगार क्षेत्रमा दुई वटा कुरा गर्न खोजेका छौँ । आन्तरिक रोजगार र वैदेशिक रोजगारको कुरा छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कहिले कहिले नाम नै अर्को गर्ने की भन्ने पनि कुरा आउँछ । किनभने यो मन्त्रालयले वैदेशिक रोजगारको काम मात्रै गरेको छ । वैदेशिक रोजगार मन्त्रालय मात्रै बनाउने हो की भन्नेकुरा पनि कहिले कहिले आउँछ । मन्त्रालयको संरचना हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारमा कहीँ केही छैन । कसले हेर्ने ? त्यसैले अहिले हामी ओएनएमको चरणमा छौँ । अहिले हामी मन्त्रालयको संरचनाको चरणमा छौँ । हाम्रो ओएनएमको प्रश्ताव क्याबिनेटमा पुगेको छ । जहाँ हामीले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्दैछौँ । यसले मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवद्र्धन गर्ने, अघि बढाउने हो । सरकारले रोजगारी दिने होइन । सरकारले बाटो बनाइदिने हो । रोजगार दिने भनेको रोजगार दाताले हो, निजी क्षेत्रले हो ।’

मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट सीप सिकेर आएका व्यक्तिहरु नेपालका लागि उपयुक्त जनशक्ति भएको बताए । उनले अहिलेको प्रविधिलाई प्रयोग गरेर सबै सेवा फेसलेस र पेपरलेस बनाउने काममा अघि बढिरहेको बताए   ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?