Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दा छन्ः वनमन्त्री ठकुरी


काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दो रहेको बताएका छन्  ।

बुधवार ललितपुरमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका डरलाग्दा चुनौतिहरु रहेपनि सम्बोधन गर्न नसकिने किसिमका नरहेको उल्लेख गरेका हुन् । उनले  पर्वतीय इकोसिस्टमको संरक्षण गर्नका लागि पर्वतीय समुदायको क्षमता विकास र आवश्यकता पहिलो प्राथमिकता भएको बताए ।

उनले  हिमाली क्षेत्रको जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीविकोपार्जनमा टेवा दिन तथा उनीहरुको जलवायु उत्थानशील भविष्यको लागि एकतावद्ध भएर काम गर्न आग्रह गरे । उनले  जथाभावी गरिएका भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव—वन्यजन्तु द्वन्द्वले हिमालहरु जलवायु जोखिमको चपेटामा परेको बताए । उनले  जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनले बाढी, पहिरोजन्य घटनाहरुमा वृद्धि भएको र अर्थतन्त्र धरापमा परेको उल्लेख गरे  ।

उनले  भने , ‘हामीले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दो भएपनि सम्बोधन गर्न नसकिने खालका छैनन् । आज हामी यहाँ यिनै चुनौतिहरुको समाधानका लागि उपस्थित भएका छौँ । पर्वतीय इकोसिस्टमको संरक्षण गर्नका लागि पर्वतीय समुदायको क्षमता विकास र आवश्यकता पहिलो प्राथमिकता भएको तथ्यलाई हामी कसैले पनि भुल्नु हुँदैन । हिमाली क्षेत्रको जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीविकोपार्जनमा टेवा दिन तथा उनीहरुको जलवायु उत्थानशील भविष्यको लागि एकतावद्ध भएर काम गर्ने पवित्र गार्महरु निर्माण गर्न यहाँ उपस्थित सबैलाई आह्वान गर्दछु ।’

पर्वतीय संरक्षणको कार्य एक्लो प्रयासले सम्भव नरहेकाले सबै मिलेर पर्वतहरुको संरक्षण गर्नुपर्ने बताए  ।  उनले  जलवायु उत्थानशील भविष्य हासिल गर्न सरकार, अन्तर्राष्ट्रिय संस्थाm स्थानीय समुदाय, अनुसन्धानकर्ता, नागरिक समाज र निजी क्षेत्रले हात मिलाएर काम गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?