Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एनपिएलः विलियमको ६ विकेटमा कर्णालीको तेस्रो जित


काठमाडौँ । विलियम बसिस्टोले ६ विकेट लिँदा पोखरा एभेन्जर्सलाई ७ विकेटको फराकिलो अन्तरमा हराउँदै कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेका छन्  ।

जितको लागि १०४ रनको सहज विजय लक्ष्य कर्णालेले १५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरे  । ओपनर देव खनाल ० रनमा र बाबर हयात ७ रनमा आउट हुँदा कर्णालीले १४ रन मात्र बनाएका थिए  । यसपछि चाडविक वाल्टन र गुल्सन झाले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्‍याए । चाडविकले ३४ बलमा ६ चौका र १ छक्कासहित ४२ रन जोडे । युवा क्रिकेटर गुल्सन झा अविजित ४९ रनमा क्रिजमा रहे । उनले ३७ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले अत्यन्त खराब ब्याटिङ प्रदर्शन गरे  । १६ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०३ रन मात्र बनाए  । ओपनर एन्ड्रेस गस र दिनेश खरेलले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गर्दै मध्यम शुरूवात दिलाए । एन्ड्रेस २५ रन बनाएर आउट भए । यसपछि पोखराको विकेट पतनको सिलसिला शुरू भयो । थप ५७ रन जोड्ने क्रममा पोखराले बाँकी सबै विकेट गुमाए  । दिनेश खरेल २६ रनमा र कप्तान कुशल भुर्तेल यो खेलमा पनि मात्र १० रनमा समेटिए । रेमन रेफर २० रनमा र विपिन खत्री १० रनमा आउट भए ।

अन्य कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन् । बलिङमा अष्ट्रेलियन बलर विलियम बसिस्टो नायक बने । ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ६ विकेट लिए । जारी एनपिएलमा एउटै खेलमा विलियम सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । पहिलो दुई खेले हारेको कर्णालीले यसपछि लगातार तेस्रो खेलमा जित दर्ज गरे । उसले ५ खेलबाट ६ अंक बनाएका छन्  । पोखराको यो तेस्रो हार हो । उसले मात्र २ अंक बनाएको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?