Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

एनपिएलः विलियमको ६ विकेटमा कर्णालीको तेस्रो जित


काठमाडौँ । विलियम बसिस्टोले ६ विकेट लिँदा पोखरा एभेन्जर्सलाई ७ विकेटको फराकिलो अन्तरमा हराउँदै कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेका छन्  ।

जितको लागि १०४ रनको सहज विजय लक्ष्य कर्णालेले १५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरे  । ओपनर देव खनाल ० रनमा र बाबर हयात ७ रनमा आउट हुँदा कर्णालीले १४ रन मात्र बनाएका थिए  । यसपछि चाडविक वाल्टन र गुल्सन झाले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्‍याए । चाडविकले ३४ बलमा ६ चौका र १ छक्कासहित ४२ रन जोडे । युवा क्रिकेटर गुल्सन झा अविजित ४९ रनमा क्रिजमा रहे । उनले ३७ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले अत्यन्त खराब ब्याटिङ प्रदर्शन गरे  । १६ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०३ रन मात्र बनाए  । ओपनर एन्ड्रेस गस र दिनेश खरेलले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गर्दै मध्यम शुरूवात दिलाए । एन्ड्रेस २५ रन बनाएर आउट भए । यसपछि पोखराको विकेट पतनको सिलसिला शुरू भयो । थप ५७ रन जोड्ने क्रममा पोखराले बाँकी सबै विकेट गुमाए  । दिनेश खरेल २६ रनमा र कप्तान कुशल भुर्तेल यो खेलमा पनि मात्र १० रनमा समेटिए । रेमन रेफर २० रनमा र विपिन खत्री १० रनमा आउट भए ।

अन्य कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन् । बलिङमा अष्ट्रेलियन बलर विलियम बसिस्टो नायक बने । ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ६ विकेट लिए । जारी एनपिएलमा एउटै खेलमा विलियम सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । पहिलो दुई खेले हारेको कर्णालीले यसपछि लगातार तेस्रो खेलमा जित दर्ज गरे । उसले ५ खेलबाट ६ अंक बनाएका छन्  । पोखराको यो तेस्रो हार हो । उसले मात्र २ अंक बनाएको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?