Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छु : भीम रावल


१४ चैत्र, काठमाडाैँ । नेकपा (एमाले)का नेता डा भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताउनुभएको छ ।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने चेतावनी दिए ।

“अहिलेसम्म नेकपा (एमाले)को सदस्यमा छु । राष्ट्रियताको प्रश्न उठाउँदा, पार्टीमा विधि र पद्धतिका कुरा गर्दा, पार्टीबाट घचेट्न खोजे विकल्प खोज्छु”, उनले भने, “पार्टीमा ५० वर्षसम्म काम गरेको छु । पार्टीमा अन्तिमसम्म सङ्घर्ष गरिरहनेछु ।”

उनले देशमा सङ्कट आए जुनसुकै पार्टीका नेता कार्यकर्तालाई भेट्न सक्ने जिकिर गरे । समाजवादीमा जान लागेको हो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले कुनै नेता कार्यकर्तासँग भेट गर्दैमा अर्को पार्टीमा गएको भन्न नहुने बताए । उनले अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी रहने बताए ।

नेता रावलले एमाले उपाध्यक्ष विष्णु पौडेललगायतका नेता कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाए ।

उपाध्यक्ष पौडेलले आफूलाई ‘टिकट माग्न नगएको’ भन्ने अभिव्यक्तिको विरोध गरे । “म २०४८ सालदेखि चुनाव लड्दै आएको छु, कहिल्यै कसैसँग टिकट मागिनँ, तपाईंले माग्नुभयो र ?”, उनले उपाध्यक्ष पौडेललाई प्रतिप्रश्नसमेत गरे ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?