Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यकः सभामुख घिमिरे


काठमाडौँ । संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ ।

मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गरेका छन् ।

फुटसल खेलका क्रममा बोल्दै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताए  ।

उनले संसद सेवा दिवसमा संसदका सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरि मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताए ।  उनले  प्रतियोगिताले संसद समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैं तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गरे ।

उहाँले भन्नुभयो, ‘आज संघीय संसद सेवा दिवस हो । संसद सेवा स्थापना भएको १८ वर्ष पुरा भयो । यसका अवसमा हामी सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । त्यहीअनुसार आज प्रतिनिधि सभाको एउटा टिम र राष्ट्रिय सभाको एउटा टिम बनाएर फुटसल खेलिरहेका छौं । टिम क्याप्टेन राष्ट्रिय सभाको सम्माननीय अध्यक्षज्यु हुनुहुन्छ । प्रतिनिधि सभाको म छु । यसले युवाहरुलाई खेलप्रति आकर्षित गर्नुका साथै हामीहरुलाई पनि खेल प्रेमि छन् भन्ने सन्देश दिनेछ ।’

फुटसल प्रतियोगितामा संघीय संसदका दुवै सदनका सांसद एवं कर्मचारीहरु सहभागि छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?