Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानबाटै अहिलेको उपलब्धि सम्भव: उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानका कारण अहिलेको उपलब्धि प्राप्त भएको बताएका छन्  ।

मंगलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उहाँको शालिकमा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले  भेला हुन पाउने, बोल्न पाउने अधिकार नेपालीहरुको योगदानकै कारण सम्भव भएको बताए  ।

उनले मंगलादेवी सिंह नेपाली महिलाहरुको अधिकार प्राप्तिका लागि आन्दोलनको अगुवाई गर्ने व्यक्ति भइको बताए  । मंगलादेवी सिंहले नेपाली महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि २०३६ सालमा जनमत संग्रहमा महिलाहरु एकीकृत गरेर बहुदललाई मत दिन आह्वान गर्न देशभर आन्दोलन र प्रचारप्रसार गरेको बताए  ।

उनले ०४२ सालको सत्याग्रह र ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन स्व. सिंहले अविष्मरणीय योगदान गरेको बताए  । स्व. मंगलादेवीले आफ्नो जीवनकालमा पैतृक सम्पतीमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाएका  बताए   । साथै उनले नीति निर्माण गर्ने थलोमा महिलाको सुनिश्चितता हुनुपर्ने आवाज उठाएका  बताए  ।

 उनले भने , ‘स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानको कारणले नै आजका दिनमा हामीले यि सबै अधिकारहरु भेला हुन पाउने, बोल्न पाउने अधिकार त्यसै आएको होइन । यो धेरैको बलिदानबाट आएको हो । मंगलादेवी सिंह खास गरेर नेपाली महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि २०३६ साल हामीलाई याद छ । जनमत संग्रहको समयमा पनि निलो र पहेँलो, निलो भनेको बहुदलीय व्यवस्थाको लागि र पहेँलो भनेको सुधारिएको पञ्चायत भनेर जनमत संग्रह भएको थियो । त्यो बेला उहाँले ७५ जिल्लामा महिलाहरु संगठित गरेर निलोमा, बहुदलको पक्षमा मत हाल्न गर्नुभएको योगदान बिर्सिनु हुँदैन । ०४२ सालको सत्याग्रहमा उहाँ जेल पर्नुभयो । ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन अविष्मरणीय योगदान गर्नुभएको छ । उहाँले आफ्नो जीवनकालमा पैतृक सम्पतीमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाउनुभएको थियो । नीति निर्माण गर्ने थलोमा महिलाको सुनिश्चितता हुनुपर्ने आवाज उठाउनुभएको थियो ।’

उपप्रधानमन्त्री सिंहले महिलाहरुको पनि पुरुषसरह अधिकार हुनुपर्ने मागसहित २००४ सालमा मंगलादेवी सिंहले गरेका योगदानको स्मरण गरे । महिलाहरुलाई मताधिकार दिनुपर्ने माग पनि स्व. मंगलादेवी सिंहले नै उठाएका बताए  ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?