Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयोः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन्  ।

सोमवार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वाार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले  ४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको बताए  ।

व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बद्नाम गरेको बताए । उनले  नक्कली चिर्कटो बनाउन एक करोड, ११ लाख तिरेको कुरा प्रसाईं स्वयंले स्वीकारेको पनि बताए । उनले आफ्नो विभिन्न देशका बैंकमा पैसा राखेको भ्रम फिँजाउनेहरुलाई समातेर पुष्टि गर भन्दा बद्नामको लागि बोलेको स्वीकार गर्ने गरेको बताए ।  उनले  आफू सच्चाई र इमान्दारितामा अडिग रहेको भन्दै भित्रैबाट इमान्दार अभ्यास गर्नुपर्ने बताए  ।

 उनले भने , ‘४÷५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ । त्यो नक्कली चिर्कटो एक करोड, ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरु पनि छन् । यस्ता खालका मानिसहरु पनि छन् । कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरु पनि देखिन्छन् । तिनीहरुलाई समातेर कहाँ छ ल पुष्टि गर त बैंकलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बद्नाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन् । हामी सच्चाईमा अडिग छौँ । इमान्दारिता थोपरेर होइन, आफू भित्रबाट आउनुपर्छ । भित्रबाट इमान्दार आचरण गर्नुपर्छ । भित्रबाट इमान्दार अभ्यास गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले अब एउटा व्यक्तिलाई अनैतिकृत ढंगले कुर्सीमा बसाइदिएर जनता फेरि रैति हुन नसक्ने बताए  ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?