Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयोः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन्  ।

सोमवार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वाार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले  ४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको बताए  ।

व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बद्नाम गरेको बताए । उनले  नक्कली चिर्कटो बनाउन एक करोड, ११ लाख तिरेको कुरा प्रसाईं स्वयंले स्वीकारेको पनि बताए । उनले आफ्नो विभिन्न देशका बैंकमा पैसा राखेको भ्रम फिँजाउनेहरुलाई समातेर पुष्टि गर भन्दा बद्नामको लागि बोलेको स्वीकार गर्ने गरेको बताए ।  उनले  आफू सच्चाई र इमान्दारितामा अडिग रहेको भन्दै भित्रैबाट इमान्दार अभ्यास गर्नुपर्ने बताए  ।

 उनले भने , ‘४÷५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ । त्यो नक्कली चिर्कटो एक करोड, ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरु पनि छन् । यस्ता खालका मानिसहरु पनि छन् । कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरु पनि देखिन्छन् । तिनीहरुलाई समातेर कहाँ छ ल पुष्टि गर त बैंकलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बद्नाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन् । हामी सच्चाईमा अडिग छौँ । इमान्दारिता थोपरेर होइन, आफू भित्रबाट आउनुपर्छ । भित्रबाट इमान्दार आचरण गर्नुपर्छ । भित्रबाट इमान्दार अभ्यास गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले अब एउटा व्यक्तिलाई अनैतिकृत ढंगले कुर्सीमा बसाइदिएर जनता फेरि रैति हुन नसक्ने बताए  ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?