Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने घटनाप्रति मानव अधिकार आयोगले थाल्यो अनुसन्धान


काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुव्र्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेका छन्  ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि चितवनबाट काँस्की राति लगिएको र दुव्र्यवहार गरिउको भन्दै सन्दर्भमा अनुसन्धान शुरु गरेको आयोगले जनाएका हुन् । सो सम्बन्धमा सोमवार आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेका छन्  । सो बारेमा जानकारी दिँदै आयोगका सहसचिव डा. टिकाराम पोखरेलले आयोगले आयोगमा उजुरी पर्नुपूर्व नै काँस्की प्रहरी र लामिछानेसँग सोधपुछ गरिसकेको बताए  । अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको र आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गर्ने बताए  ।

उनले भने , ‘रवि लामिछानेलाई चितवनबाट काँस्की लैजाँदाखेरी राति लगियो, दुव्र्यवहार गरियो भन्ने सन्दर्भमा मिडियाहरुले पनि प्रशस्तै समाचार लेखे । त्यसको पनि ध्यानाकर्षण भयो । सँगै हाम्रो टोलीले गएर काँस्की प्रहरीसँग पनि सोधपुछ गरेका छौँ । साथै हामीले रवि लामिछानेसँग पनि जानकारी लिएका छौँ । उहाँले ममाथि मानव अधिकार उल्लंघन भयो, ममाथि दुव्र्यवहार भयो भन्नुभएको हुनाले उहाँको भनाइ के कति सत्य हो भन्ने सन्दर्भमा जो प्रहरीलाई भन्नुभएको छ, ममाथि दुव्र्यवहार गरियो भनेर ति प्रहरी अधिकारीलाई बेलाएर छलफल गरेको हो । आजको छलफलमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ आउनुभएको थियो । उहाँसँग जानकारी लिने काम गरेका छौँ । प्रहरी महानिरीक्षक काठमाडौं बाहिर भएको कारणले आउन सक्नुभएन । यो अनुसन्धानलाई हामीले निरन्तर अघि बढाइरहेका छौँ । प्रमाण संकलन गर्नसक्छौँ । प्रमाण संकलनको सन्दर्भमा अदालतलाई भए सरहको अधिकार राष्ट्रिय मानव अधिकार आयोगलाई छ । त्यो काम हामी गर्छौं । निरन्तर अनुसन्धान जारी छ । गम्भीर भएर हामी यो अनुसन्धानलाई अघि बढाउँछौँ ।’

लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी समेत दिएका छन्  ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?