Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जनताको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसकेको अध्यक्ष दाहालको स्वीकारोक्ति


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले पार्टीप्रति गरेको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरुमा असन्तुष्टि बढ्दै गएको स्वीकार गरेका छन्  ।

सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । जनताको विश्वासअनुसार पार्टीलाई एकतावद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेको कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताए । उनले माओवादी घटकहरु समय समयमा विभाजित भएको उल्लेख गर्दै विभाजनका घाउहरु बल्झिँदै गएको बताए।

उनले भने , ‘हामीले २०६४ सालको निर्वाचनमा जनताले हामीप्रति गरेको अपार भरोसा र व्यक्त गरको अभिमतलाई रक्षा गर्न सकेनौं । हामी जनताको त्यो विश्वासअनुसार पार्टीलाई एकतावद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि जान सकेनौं । विविध कारणले हामी विभाजित भयौं । र त्यो विभाजनको परिणामा आम कार्यकर्ता र कर्मचारीतन्त्र भित्र पनि कहीँ न कहीँ निराशा र असन्तुष्टिहरु बढ्दै गए । विभाजनका घाउहरु बल्झिँदै पनि गए । यसबीच हामीले राम्रो गर्न खोज्दाखोज्दै पनि हामी आत्मसमिक्षा गर्नुपर्ने ठाउँमा पुगेकै छौं । हामीले हाम्रा एजेण्डालाई जति दरोसँग पक्रेर बस्नुपथ्र्यो तर त्यो पनि गर्न सकेनौं । अनि हाम्रो वर्ग र हाम्रो समुदायप्रति हाम्रो एकता, उनीहरुसँगको हाम्रो निष्ठा र लगाव कमजोर हुँदै गयो । हामीले त्यहाँ पनि आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता छ । हामीले हाम्रा एजेण्डाहरुलाई निरन्तर जसरि जनतामा लिएर जानुपर्ने थियो त्यो काम पनि बिस्तारै कमजोर हुँदै गएको देखियो ।’

काम गर्दै जाँदा केही कमजोरी भएपनि गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण थालनी गरेको उनको दाबी छ ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?