Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काभा पुरुष क्लव भलिबल : हेल्प नेपालको दोस्रो जित


काठमाडौँ। हेल्प नेपाल स्पोर्ट्स क्लबले घरेलु मैदानमा जारी काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार हेल्प नेपालले आफ्नै देशको गण्डकी प्रदेशलाई हराउँदै दोस्रो सफलता निकालेको हो । हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा हरायो । जितसँगै दुई खेलबाट हेल्प नेपालले पाँच अंक जोडेको छ । दुई हार सामना गरेको गण्डकीको समान खेलबाट एक अंक छ । पहिलो खेलमा दुई सेटमा अग्रता जोगाउन नसक्दा गण्डकीले हार व्यहोरेको हो । गण्डकीले माल्दिभ्सको क्लब एचडिसीसँग ३–२ को हार व्यहोरोको थियो । आफ्नै घरेलु प्रतिद्वन्द्वी हेल्प नेपालसँग पनि गण्डकी पराजित हुन पुग्यो । पहिलो दुई सेट आफ्नो पक्षमा पार्दै हेल्प नेपाल सहज जिततर्फ़ अग्रसर थियो ।

पहिलो दुई सेट हेल्प नेपालले २५–१५, २५–२३ ले सहजै आफ्नो पक्षमा पार्यो । तर तेस्रो सेट भने गण्डकीले २५–२३ ले आफ्नो बनायो । यद्यपि, हेल्प नेपालले चौथो सेट २५–१६ ले सहजै आफ्नो बनाउँदै विजयीयात्रा जारी राख्यो । हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकट हिरोजमाथि ३–२ को सेटमा जित निकालेको थियो । हेल्प नेपालले अब बुधवार क्लव एचडिसीसँग प्रतिष्पर्धा गर्नेछ । गण्डकीले भने इरानको यु–१८ टोलीसँग प्रतिस्पर्धा गर्ने तय छ । आईतबवर नै इरानको यु–१८ टोलीले माल्दिभ्सको क्लव एचडिसीलाई ३–२ को सेटमा हराउँदै सुखद् शुरुवात गरेको छ ।

इरानी टोलीले पहिलो सेट २५–१६ ले सहजै आफ्नो बनाएको थियो । तर दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो । यो सेट क्लव एचडिसीले २५–२२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट पनि एचडिसीले २५–२० ले आफ्नो बनाउँदै अग्रता लियो । तर चौथो सेट इरानी युवा टोलीले २५–२० ले आफ्नो बनाउँदै सेट २–२ को बराबरीमा ल्याए । निर्णायक तथा पाँचौं सेट पनि इरानी टोलीले १५–१३ ले आफ्नो पक्षमा पार्दै सुखद् शुरुवात गरेको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?