Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

काभा पुरुष क्लव भलिबल : हेल्प नेपालको दोस्रो जित


काठमाडौँ। हेल्प नेपाल स्पोर्ट्स क्लबले घरेलु मैदानमा जारी काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार हेल्प नेपालले आफ्नै देशको गण्डकी प्रदेशलाई हराउँदै दोस्रो सफलता निकालेको हो । हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा हरायो । जितसँगै दुई खेलबाट हेल्प नेपालले पाँच अंक जोडेको छ । दुई हार सामना गरेको गण्डकीको समान खेलबाट एक अंक छ । पहिलो खेलमा दुई सेटमा अग्रता जोगाउन नसक्दा गण्डकीले हार व्यहोरेको हो । गण्डकीले माल्दिभ्सको क्लब एचडिसीसँग ३–२ को हार व्यहोरोको थियो । आफ्नै घरेलु प्रतिद्वन्द्वी हेल्प नेपालसँग पनि गण्डकी पराजित हुन पुग्यो । पहिलो दुई सेट आफ्नो पक्षमा पार्दै हेल्प नेपाल सहज जिततर्फ़ अग्रसर थियो ।

पहिलो दुई सेट हेल्प नेपालले २५–१५, २५–२३ ले सहजै आफ्नो पक्षमा पार्यो । तर तेस्रो सेट भने गण्डकीले २५–२३ ले आफ्नो बनायो । यद्यपि, हेल्प नेपालले चौथो सेट २५–१६ ले सहजै आफ्नो बनाउँदै विजयीयात्रा जारी राख्यो । हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकट हिरोजमाथि ३–२ को सेटमा जित निकालेको थियो । हेल्प नेपालले अब बुधवार क्लव एचडिसीसँग प्रतिष्पर्धा गर्नेछ । गण्डकीले भने इरानको यु–१८ टोलीसँग प्रतिस्पर्धा गर्ने तय छ । आईतबवर नै इरानको यु–१८ टोलीले माल्दिभ्सको क्लव एचडिसीलाई ३–२ को सेटमा हराउँदै सुखद् शुरुवात गरेको छ ।

इरानी टोलीले पहिलो सेट २५–१६ ले सहजै आफ्नो बनाएको थियो । तर दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो । यो सेट क्लव एचडिसीले २५–२२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट पनि एचडिसीले २५–२० ले आफ्नो बनाउँदै अग्रता लियो । तर चौथो सेट इरानी युवा टोलीले २५–२० ले आफ्नो बनाउँदै सेट २–२ को बराबरीमा ल्याए । निर्णायक तथा पाँचौं सेट पनि इरानी टोलीले १५–१३ ले आफ्नो पक्षमा पार्दै सुखद् शुरुवात गरेको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?