Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जिमी निसिमको विकेट विशेष लाग्छ– लुम्बिनीका युवा बलर अभिशेष


काठमाडौँ । लुम्बिनी लायन्सका युवा बलर अभिशेष गौतमले डेब्युमा नै तीन लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि जिमी निसमको विकेट नै आफ्नो लागि विशेष रहेको बताएका छन् ।
जनकपुर बोल्ट्ससँग लुम्बिनी पराजित भए पनि अभिशेषले डेब्युमा चार ओभर बलिङ गर्दै तीन विकेट लिँदा २० रन मात्र खर्चिएका थिए । खेलपछिको पत्रकार सम्मेलनमा अभिशेषले जिमी निसमजस्ता स्टार क्रिकेटरलाई नै हेरेर हुर्किएकाले उनको विकेट विशेष लागेको उल्लेख गरेका हुन् । उनले कप्तान रोहितकुमार पौडेल र टिमले नै बाउन्ड्री खाइरहँदा पनि राम्रो बलिङ गरेको छौ भन्दै प्रोत्साहित गरेकाले सहज भएको बताए । उनले उद्देश्य राम्रो सकेसम्म डट गराउने रहेको उल्लेख गरे । तर राम्रो बलिङ गरेँ भने विकेट पनि आउँछ भन्ने आफूमा विश्वास रहेको बताए । उनले फ्रेन्चाइजको अक्सनलाई लिएर आफू निकै उत्साहित रहे पनि पर्दिन की भन्ने डर पनि लागेको उल्लेख गरेका छन् ।

तर देव खनालले तिम्रो सम्भावना छ, टिमले लिन सक्छन् भनेर प्रोत्साहित गरेको उनले स्मरण गरे । लुम्बिनी प्रदेशबाट नियमित खेल्ने गरे पनि यो स्टेजमा खेल्नु आफ्नो लागि सबैभन्दा ठूलो अवसरका रूपमा लिएको उनको भनाइ छ । अभिशेषले कप्तान रोहित र टम मोरेस क्रिजमा हुँदा जितको सम्भावना भएपनि ती दुई विकेट गएसँगै हार व्यहोर्नुपरेको बताए । यो हारपछि टिम र आफू धेरै निराश भएको उनी बताउँछन् ।

रोमाञ्चक जितपछि जनकपुरका आसिफ शेखले लक्ष्य पूरा सहज नहुने टोलीको विश्वास रहेको र त्यहीअनुरूप बलिङ गर्दा जित सम्भव भएको बताए । उनले पिचअनुसार आफ्नो टोलीले बनाएको लक्ष्य राम्रो नै रहेको पनि उल्लेख गरे । उनले मिडल अर्डरका ब्याटिङका लागि तयार भए पनि योजनाअनुरूप हुन नसकेको बताए । टिम एकजुट भएर खेल्दा राम्रो नतिजा आइरहेको पनि उनको भनाइ छ । टिमको आवश्यकअनुरूप आफूले विकेटकिपिङ गर्ने गरेको उनी बताउँछन् । लगातार चार जित भएपनि ट्वान्टी–२० जहिल्यै एकै अवस्था नहुने उनको भनाइ छ । त्यसैले हरेक खेलमा राम्रो गर्नुपर्ने उनी बताउँछन् । आफूले राम्रो शुरुवात गरे पनि ठूलो स्कोर बनाउन नसक्दा आशातित अनुरूप नभएको उनको भनाइ छ ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?