Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जिमी निसिमको विकेट विशेष लाग्छ– लुम्बिनीका युवा बलर अभिशेष


काठमाडौँ । लुम्बिनी लायन्सका युवा बलर अभिशेष गौतमले डेब्युमा नै तीन लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि जिमी निसमको विकेट नै आफ्नो लागि विशेष रहेको बताएका छन् ।
जनकपुर बोल्ट्ससँग लुम्बिनी पराजित भए पनि अभिशेषले डेब्युमा चार ओभर बलिङ गर्दै तीन विकेट लिँदा २० रन मात्र खर्चिएका थिए । खेलपछिको पत्रकार सम्मेलनमा अभिशेषले जिमी निसमजस्ता स्टार क्रिकेटरलाई नै हेरेर हुर्किएकाले उनको विकेट विशेष लागेको उल्लेख गरेका हुन् । उनले कप्तान रोहितकुमार पौडेल र टिमले नै बाउन्ड्री खाइरहँदा पनि राम्रो बलिङ गरेको छौ भन्दै प्रोत्साहित गरेकाले सहज भएको बताए । उनले उद्देश्य राम्रो सकेसम्म डट गराउने रहेको उल्लेख गरे । तर राम्रो बलिङ गरेँ भने विकेट पनि आउँछ भन्ने आफूमा विश्वास रहेको बताए । उनले फ्रेन्चाइजको अक्सनलाई लिएर आफू निकै उत्साहित रहे पनि पर्दिन की भन्ने डर पनि लागेको उल्लेख गरेका छन् ।

तर देव खनालले तिम्रो सम्भावना छ, टिमले लिन सक्छन् भनेर प्रोत्साहित गरेको उनले स्मरण गरे । लुम्बिनी प्रदेशबाट नियमित खेल्ने गरे पनि यो स्टेजमा खेल्नु आफ्नो लागि सबैभन्दा ठूलो अवसरका रूपमा लिएको उनको भनाइ छ । अभिशेषले कप्तान रोहित र टम मोरेस क्रिजमा हुँदा जितको सम्भावना भएपनि ती दुई विकेट गएसँगै हार व्यहोर्नुपरेको बताए । यो हारपछि टिम र आफू धेरै निराश भएको उनी बताउँछन् ।

रोमाञ्चक जितपछि जनकपुरका आसिफ शेखले लक्ष्य पूरा सहज नहुने टोलीको विश्वास रहेको र त्यहीअनुरूप बलिङ गर्दा जित सम्भव भएको बताए । उनले पिचअनुसार आफ्नो टोलीले बनाएको लक्ष्य राम्रो नै रहेको पनि उल्लेख गरे । उनले मिडल अर्डरका ब्याटिङका लागि तयार भए पनि योजनाअनुरूप हुन नसकेको बताए । टिम एकजुट भएर खेल्दा राम्रो नतिजा आइरहेको पनि उनको भनाइ छ । टिमको आवश्यकअनुरूप आफूले विकेटकिपिङ गर्ने गरेको उनी बताउँछन् । लगातार चार जित भएपनि ट्वान्टी–२० जहिल्यै एकै अवस्था नहुने उनको भनाइ छ । त्यसैले हरेक खेलमा राम्रो गर्नुपर्ने उनी बताउँछन् । आफूले राम्रो शुरुवात गरे पनि ठूलो स्कोर बनाउन नसक्दा आशातित अनुरूप नभएको उनको भनाइ छ ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?